१३ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

करिना, तब्बु र कृति अभिनित ‘क्रू’ बन्यो आम्दानी गर्ने तेस्रो ठूलो चलचित्र

करिना कपुर खान, तब्बु र कृति सेनन अभिनित चलचित्र ‘क्रू’ हालसम्म वर्षको सबैभन्दा धेरै आम्दानी गर्ने चलचित्र बनेको छ।

शुक्रवार रिलिज भएको चलचित्र ‘क्रू’ ले ओपनिङ्ग डे मा भारतमा १० करोड २८ लाख कलेक्शन गरेको छ भने विश्वव्यापी रुपमा २० करोड ७ लाख आम्दानी गरेको छ।

हिन्दी भाषामा चलचित्रको कुल अक्युपेन्सी २६.३४ प्रतिशत रह्यो। योसँगै चलचित्र ‘क्रू’ सन् २०२४ को सबैभन्दा ठूलो ओपनिङ्ग गर्नेमा तेस्रो चलचित्र बनेको छ। पहिलो स्थानमा ऋतिक रोशनको ‘फाइटर’ रहेको छ भने दोस्रो स्थानमा अजय देवगनको ‘शैतान’ रहेको छ।

फाइटरले ओपनिङ्ग डेमा २४ करोड ४ लाख र शैतानले १५ करोड २१ लाख आम्दानी गरेको थियो।

प्रकाशित: १८ चैत्र २०८० ११:१३ आइतबार

करिना कपुर खान कृति सेनन तब्बु क्रू धेरै आम्दानी गर्ने चलचित्र चलचित्र शैतान फाइटर