काठमाडौं- यस वर्षको मदन पुरस्कार घनश्याम कँडेलद्वारा लिखित 'धृतराष्ट्र' खण्डकाव्यलाई प्रदान गरिने भएको छ।
यस्तै जगदम्बा-श्रीबाट वात्सायन (दुर्गा बराल) सम्मान गरिने भएको छ। कार्टुन चित्रमा छोटो र प्रभावकारी भाषिक अभिव्यक्तिको प्रयोग गरी समाजमा सचेतना जगाउँदै नेपाली भाषाको सेवा गरेको भन्दै उनलाई सम्मान गर्न लागिएको मदन पुरस्कार गुठीले जनाएको छ।
मदन पुरस्कारको लागि ९ पुस्तक छनोट भएका थिए। २०७३ सालको मदन पुरस्कारका निम्ति प्राप्त १९५ पुस्तक मध्येबाट ९ वटा छानिएको थियो।
छानिएका ९ पुस्तकमा पुरुषोत्तमलोचन श्रेष्ठको गुहा, गुहालेख, गुहचित्र एवं अन्य सम्पदा, राज सरगमको छाउघर, शरद पौडेलको तपन, जय छाङछाको दोहाको सीधा उडान, घनश्याम कँडेलको धृतराष्ट्र, हरि अधिकारीको प्रतिनायक, सीमा आभासको म स्त्री अर्थात आइमाई, राजेन्द्र पराजुलीकोको शुक्रराज शास्त्रीको चस्मा र नवराज पराजुलीको सगरमाथाको गहिराई रहेका थिए।
२०१२ सालमा रानी जगदम्बाले स्थापना गरेको मदन पुरस्कार पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको 'हाम्रो लोक संस्कृति', समाजिक शास्त्रमा चित्तरञ्जन नेपालफको 'जनरल भीमसेन थापा' तथा विज्ञान विधामा बलराम जोशीको 'अधिकविभव स्थिरविद्युत उत्पादक' पुस्कलाई प्रदान गरिएको थियो। दुवै पुरस्कारको राशी दुई लाख रहेङ्को छ। परस्कार हरेक वर्ष घटस्थापनाको दिन प्रदान गरिन्छ।
प्रकाशित: ११ भाद्र २०७४ ११:५८ आइतबार