२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

शाहरुख खानको जवानको ट्रेलर सार्वजनिकसँगै बलिउडको माहोल तातियो

बलिउड अभिनेता शाहरुख खान अभिनित चलचित्र ‘जवान’ को ट्रेलर सार्वजनिक भएसँगै दर्शकहरूमाझ लोकप्रिय बनेको छ। चलचित्र जवानको ट्रेलर सार्वजनिक भएसँगै बलिउडको जताततै शाहरुख खानको मात्रै चर्चा भइरहेको छ। चलचित्रमा उनको लुक र डायलगले यतिबेला बलिउडको माहोल तातिएको छ।

रक्षाबन्धनको अवसर पारेर बिहीवार सार्वजनिक गरिएको चलचित्र जवानको ट्रेलरले दर्शकहरूमा उत्सुकता बढाइदिएको छ। चलचित्रमा शाहरुख खानसहित दक्षिण भारतीय सिनेमाका विजय सेतुपति र नयनताराको दमदार डायलग र एक्सनले दर्शकहरूलाई सिनेमा हलसम्म तान्ने विश्वास निर्मातानिर्देशकको छ।  

चलचित्रमा सेतुपति खलनायकको रुपमा छन्। सेतुपतिको सामना गर्नका लागि शाहरुख तयार छन्। सेतुपतिसँग शाहरुखको भिडन्तले पनि दर्शकलाई थिएटर्समा टिकाइराख्न सक्छ। एता आफ्नो मिशनमा हिँडेका शाहरुखलाई रोक्नका लागि नयनतारा तयारीमा देखिन्छिन्।  

यस्तै चलचित्रको ट्रेलरमा गर्ल गैङ्गको पनि निकै चर्चा छ। जहाँ शाहरुखलाई सपोर्ट गर्नका लागि गर्ल गैङ्गले पनि कडा एक्सन गरिरहेका छन्। गर्ल गैङ्गमा सान्या मल्होत्रा, प्रियामणि, अश्लेशा ठाकुर, रिद्धि डोगरा, गिरिजा ओक गोडबले र आलिया कुरैशी छन्।      

चलचित्रमा विशिष्ठ कलाकारको रुपमा दिपिका पादुकोण पनि रहनेछिन्।  

चलचित्रमा शाहरुख खानको अलगअलग लुकले पनि दर्शकलाई आफूतिर तानिरहेको बुझिन्छ। भारतीय चलचित्रका विश्लेषकहरू शाहरुख अभिनित चलचित्र जवानलाई पठानभन्दा पनि ठूलो सफल चलचित्र बताइरहेका छन्।  

एटलीद्वारा निर्देशित चलचित्र जवान आगामी शुक्रवार सेप्टेम्बर ७ मा रिलिज हुनेछ।  

प्रकाशित: १५ भाद्र २०८० ०६:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App