२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

जुलेबीका कलाकार भन्छन्: सेन्सर बोर्डले यत्तिको स्वतन्त्रता दिनुपर्छ

नेपाली चलचित्र जुलेबीको प्रिमियर सो भएको छ।शुक्रवार काठमाडौंमा एक कार्यक्रमबिच चलचित्रको प्रिमियर सो भएको हो।प्रिमियर सोपछि बोल्दै अभिनेत्री सुरक्षा पन्तले एउटा कलाकार भइसकेपछि ओपन भएकै राम्रो हुने बताइन।

उनले गम्भीर र कन्ट्रोभर्सी एवं सेन्सेटिभ विषयवस्तु नउठाउने हो भने कलाकार र अन्य नागरिकमा फरक नहुने बताइन।उनले चलचित्रमा न्युड सिन दिँदा केही डर लाग पनि सेन्सर बोर्डले यत्ति स्वतन्त्रता दिएकोमा खुसी व्यक्त गरिन।त्यस्तै फिल्म हेरिसकेपछि चलचित्रका अभिनेता सुशील सिटौलाले आफूले फिल्मका लागि बेस्ट दिएको र अझै आगामी दिनमा बेस्ट दिँदै जाने बताए।उनले अभिनेत्री उषा रजकले कलाकारिता गरेर मात्रै घरमा चुलो नबल्ने बताइन।उनले धेरै बजेट पाउने आशामा आफूले काम नगरेको धारणा व्यक्त गरिन।

सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापाको मुख्य भुमिका रहेको चलचित्र जुलेबीमा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको अभिनय रहेको छ।एन्थोलोजी जनरामा निर्माण भएको चलचित्रमा फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र गणेशदेव पाण्डेले निर्देशन गरेका हुन्।विवेक खड्काको छायाङ्कन र अन्जय खड्काको सम्पादन रहेको चलचित्रका निर्माता आभा शर्मा नेपाल हुन ।

प्रकाशित: २ भाद्र २०८० १०:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App