२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

सीमान्तहरूको असली कथा

पुस्तक

केही महिनाअघि भारतमा द्रौपदी मुर्मु राष्ट्रपति भइन्। यो कुनै आश्चर्यजनक कुरा थिएन। लोकतान्त्रिक दाबी गर्ने भारतीय राज्य व्यवस्थाअनुसार आवधिक रूपमा कोही व्यक्ति राष्ट्रपति हुनु नौलो कुरा होइन। यसअघि प्रतिभा पाटिल महिला राष्ट्रपति भइसकेकी हुनाले महिला राष्ट्रपति हुनु पनि पहिलो घटना थिएन। के थियो जसले द्रौपदी मुर्मुमाथि सबैको नजर गयो। उनी थिइन् आदिवासी सन्थाल समुदायकी महिला। आदिवासीमध्ये पनि अत्यन्त सीमान्तमा पारिएको यो जातिबाट राष्ट्रपति भएकाले मुर्मु र उनको समुदाय दुवैमाथि विश्वभरिका मानिसको चासो रह्यो।

हाम्रो देश नेपालमा पनि सन्थाल समुदायका मानिस प्रशस्त छन् तर हामीलाई पत्तो छैन। पूर्वी नेपालको झापा, मोरङका गाउँमा बसोबास गर्ने सन्थाल जाति तपाईं हामीले सोचेभन्दा भिन्न छ। आर्थिक स्तर, शिक्षा वा पहुँचले मात्र उनीहरू फरक भएका होइनन्। अथवा आफ्ना कमजोरीले फरक होइनन् बरू आफ्नो सबल सांस्कृतिक जीवन र श्रमले गर्दा तिनीहरू भिन्न छन्। आफ्नो ‘वैभव’सहित उनीहरू भिन्न छन्। तर विडम्बना उनीहरू नै हाम्रो समाजको सबैभन्दा पिँधमा हुन पुगे। आज पनि  पिँधमा छन्।

किन छन्? यसको सम्पूर्ण नालीबेली थाहा पाउन उपन्यास ‘आतोओडा’ पढ्नुपर्छ। आतोओडा अर्थात् गाउँबस्ती। गाउँबस्ती नबुझी, समुदाय बुझिँदैन अनि सिङ्गो समाज नबुझी देश बुझ्न सकिँदैन। समाजका तहहरूको अवस्था नबुझी सन्थाल समुदायको जीवन बुझ्न सकिँदैन। अनि उनीहरूको वास्तविक अवस्था बुझ्न सकिँदैन।

केही महिनाअघि भारतमा द्रौपदी मुर्मु राष्ट्रपति भइन्। यो कुनै आश्चर्यजनक कुरा थिएन। लोकतान्त्रिक दाबी गर्ने भारतीय राज्य व्यवस्थाअनुसार आवधिक रूपमा कोही व्यक्ति राष्ट्रपति हुनु नौलो कुरा होइन।

जानुका खतिवडा बरालको उपन्यास ‘आतोओडा’ले सन्थाल समुदायको सम्पूर्ण कथा भन्ने प्रयास गरेको छ। उपन्यास भए पनि पढ्दै जाँदा पाठक सन्थाल गाउँभित्र डुब्न पुग्छ। पहिचानविहीनहरूको पक्षमा एकपछि अर्को साहित्य प्रकाशन भइरहँदा ‘आतोओडा’ कसरी भिन्न भयो भन्ने सवाल आउन सक्छ। आतोओडाले सन्थालहरूको भित्री जीवनलाई बाहिर ल्याउने प्रयास गरेको छ। जीवनभर माटोमा श्रम गर्ने मानिसको नाममा यो धरतीमा आफ्नो भन्ने माटो हुँदैन। किन हुँदैन, त्यसका धेरै कारण छैनन्।

वर्तमान नेपाली सत्ता वा राजनीतिले सन्थालहरूलाई उपेक्षा गर्नु नै यसको प्रमुख कारण हो। सहायक कारणमा जातीय भेदभाव, श्रमको उपेक्षा, आदिवासीप्रतिको नकारात्मक दृष्टिकोण आदि हुन्। झापामा रहेका सन्थालहरू झापा विद्रोह वा माओवादी विद्रोहमा पनि सहभागी थिए। प्रत्यक्ष नभए सहायक भूमिकामा थिए, तर उनीहरू नै पछाडि पारिए। नश्लीय रूपमा नै सोझा, सरल, परिश्रमी, कृषिबाली उत्पादन गर्न, माझा मार्न, पशुपालन गर्न अब्बल रहेको यो जाति पछाडि पर्नुका कारण उपन्यासले प्रस्ट पारेको छ।

कथाको एक ठाउँमा छोरा तुरसाले राति धान, गहुँ चोरेर ल्याएको थाहा पाएपछि बाबु शुकरदेवले उसलाई लाठीले पिट्दै भन्छ, ‘आफैले खेती गरेर थन्काइदिएको अन्न आफैले चोर्न थालिस्?’ यही एउटा वाक्यबाट सन्थालहरूको स्वाभिमानी स्वभाव झल्किन्छ। अरूका लागि काम गरेर, अरूकै भकारी भरिदिएर आफू सन्तुष्ट हुन सक्ने उनीहरू असली भूमिपुत्र हुन् भन्ने कुरालाई उपन्यासले मूल विषय बनाएको छ।

जानुका खतिवडा बरालको उपन्यास ‘आतोओडा’ले सन्थाल समुदायको सम्पूर्ण कथा भन्ने प्रयास गरेको छ। उपन्यास भए पनि पढ्दै जाँदा पाठक सन्थाल गाउँभित्र डुब्न पुग्छ। पहिचानविहीनहरूको पक्षमा एकपछि अर्को साहित्य प्रकाशन भइरहँदा ‘आतोओडा’ कसरी भिन्न भयो भन्ने सवाल आउन सक्छ।

उपन्यास पढ्दै जाँदा तपाईं सन्थालहरूको समुदायको भित्री जीवनमा प्रवेश गर्नुहुन्छ। यो उपन्यासको भूगोल नेपाल नै हो। यद्यपि सन्थालहरू घुमन्ते आदिवासी हुन्। भारतको झारखण्ड, पश्चिम बंगाल र नेपालको सुदूरपूर्वी तराईका जिल्लामा यो जातिका मानिस बसोबास गर्दै आएका छन्। तिनै गाउँबस्तीमध्ये झापा गौरादह आसपास बस्ने फूलमुनि, लुखी, बुधन, तुरसा, सुराही, शुकरदेवमध्ये कुनै एक पात्रमा आफू पाउनुहुन्छ। रोपाइँ, माघे संक्रान्ति, होली वा धान भित्र्याउने उत्सवमा तपाईं रमाउनुहुन्छ। अनि बाढी, महामारी वा आँधीहुरी आउँदा तपाईं आत्तिनुहुन्छ। जेठ, असार, साउनभरि मालिकको घरमा सपरिवार हली बसेर काम गर्दा पनि पुसको जाडोमा भात खान नपाउँदा तपाईं भित्रैदेखि दुख्नुहुन्छ, बेचैन बन्नुहुन्छ।

उपन्यासको मूल कथा फूलमुनिको जीवन नै हो। उनीमार्फत् अन्य मानिसहरूको कथा भनिए पनि लेखकले महिला पात्रलाई मुख्य पात्र बनाएकी छिन्। कथा फूलमुनिले आफ्नै नामको जमिनका लागि देखेको सपना हो। आफ्नो विवाहबारे फूलमुनिले आफै निर्णय लिएकी हुन्छे। यद्यपि कतिपय अवस्थामा माइती तथा घर पक्षले उनलाई स्वनिर्णय गर्ने अधिकारबाट वञ्चित गर्छन्। तर आफ्नो हकअधिकारबारे जान्दाजान्दै पनि परिस्थितिले उनलाई सधैं पछाडि पर्न बाध्य पार्छ। उनीजस्तै मानिसहरूको साझा कथाव्यथा यो उपन्यासको मुख्य विषय हो। यद्यपि आफ्नै भाषा, लोकगीत, बाजा, भेषभूषा, देवता भएका सन्थालहरू सांस्कृतिक रूपमा निकै सम्पन्न छन्।

उपन्यासको मूल कथा फूलमुनिको जीवन नै हो। उनीमार्फत् अन्य मानिसहरूको कथा भनिए पनि लेखकले महिला पात्रलाई मुख्य पात्र बनाएकी छिन्।

भूमि वा प्रकृतिलाई उनीहरू मूल देवता मान्छन्। प्रकृतिकै काखमा लडीबुडी खेलेर जीवन निर्वाह गर्छन्। आतोबुङ्गा (ग्राम देवता)को पूजा गर्दै गोसाइ एरा (भगवती)को आराधन गर्छन्। मेलापर्वमा पौरो (रक्सी) आएर माराङबुरु (महान् देवता) प्रति विश्वास राख्दै सबै पितृलाई सम्झेर निरन्तर कर्ममा खटिन्छन्।

उपन्यासले उठाएको विषय कथामार्फत् कति बलियो ढंगले सम्बोधन गर्न सक्यो, त्यो लेखनमा महत्वपूर्ण पक्ष मानिन्छ। अहिलेको आख्यान मान्यताअनुसार तपाईंले एकसरो कथा भनेर वा ‘गुरूप्रसाद शैली’मा कथा भनेर पुग्दैन। कथाले गहन ढंगले मानिसको जीवनमा प्रवेश गर्न सक्नुपर्छ। आख्यान बलियो बन्न शैली, संरचना, पात्र चयन, कथानक, मोड, विस्तृति, कथानक घनत्व आदि चाहिन्छ। उत्तरआधुनिक लेखन र समकालीन कथालेखनको मान्यता यस्तै छ। लेखनका यस्ता मानक वर्तमान शताब्दीका सर्वोत्कृष्ट आख्यान पढ्दा पाइन्छन्। यद्यपि मानक नै सबथोक होइन, आवश्यकताअनुसार मानक तथा मान्यताहरू भत्काउने लेखक नै अग्रणी लेखक मानिन्छन्।

आख्यान लेखनको यस्तो मान्यतामा भने आतोओडा चुकेको छ। एकै मानिसको एकै ठाउँको कथा मात्र पढिरहँदा पाठकलाई पूरै कथा छिचोल्न गाह्रो पर्ने देखिन्छ। उपन्यासका भागहरू छुट्याउँदा उक्त खण्डमा लेखकले कसलाई केन्द्रमा राखेर कसको कथा भनिरहेको प्रस्ट हुँदैन। सन्थालहरूको भाषा प्रयोग गर्दा कतिपय ठाउँमा त्यसलाई सरल नेपाली कुराकानीमा उतारिएको छैन। सन्थाल शब्दार्थ पनि अन्तिममा निकै कम मात्र प्रस्तुत गरिएको छ।

उपन्यास पढ्दै जाँदा तपाईं सन्थालहरूको समुदायको भित्री जीवनमा प्रवेश गर्नुहुन्छ। यो उपन्यासको भूगोल नेपाल नै हो। यद्यपि सन्थालहरू घुमन्ते आदिवासी हुन्। भारतको झारखण्ड, पश्चिम बंगाल र नेपालको सुदूरपूर्वी तराईका जिल्लामा यो जातिका मानिस बसोबास गर्दै आएका छन्।

यद्यपि आतोओडा नेपाली साहित्यमा पहिचानको पक्षमा लेखिएको सशक्त आख्यान बन्न सफल भएको छ। नलेखिएको विषय, नखोजिएको जीवनबारे पहिलोपटक सिधै आख्यान लेख्नु सजिलो काम होइन। जस्तो, धेरै खोज, अनुसन्धान भएको राउटे जाति वा थकालीहरूमाथि केही कुरा लेख्नुपर्‍यो भने प्रशस्त सन्दर्भसामग्री पाइन्छन्। उनीहरूमाथि लेखिएका दस्तावेज पाइन्छन्। सन्थालहरूबारे भने विस्तृत अध्ययन अझै प्रकाशन भएको पाइँदैन। यस्तो जटिल अवस्थामा पनि सन्थालबारे कथा लेख्नु प्रशंसनीय कार्य हो। विचार, सिद्धान्त वा परिष्कारवादी पक्षलाई गौण मान्ने हो भने आतोओडाले सन्थालहरूको असली कथा भन्न सफल भएको छ। नेपाल र भारतको समावेशी लोकतन्त्रको असली चरित्रचित्र देखाएको छ। 

प्रकाशित: ६ जेष्ठ २०८० ०३:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App