![अझै खुलेन कर्णाली राजमार्ग, सयौँ यात्रु अलपत्र](https://images.nagariknewscdn.com/thumbs/third-party/1720456060_karnali-600x400.jpg)
क्रिसमस डे मा नागरिक म्यूजिक एण्ड फुड फेस्टिवल
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/media/2016/Nagarik music-1200x560-wm.jpg)
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/585fd4acb18e6-1200x560-wm.jpg)
काठमाडौं- फन्टास्टिक वण्डरफुल हुनेथियो लाईफ
मेरो मनको तालैमा हाने तिम्ले डाइभ
पानी पर्यो असिना झर्यो
दाईको रुमाल भाउजुलाई मन पर्यो ...लोक तथा र्याप शैली मिसिएको संगीतमा अल्मोडा राना उप्रेतीले यो गीत गाएपछि युट्युबमा राख्दा निकै हिट बन्यो।
जाउलाखेल चउरमा प्रत्यक्ष उनले आइतबार यही गीत गाउँदा युवापुस्ताका स्रोता र दर्शकमाझ जोश नै फरक थियो । यतिमात्र हैन पुराना नयाँ गीतलाई आफ्नै तालमा गाएर हिट बनाउन खप्पिस छन् । उनले मिसम्यास लयमा एकपछि अर्का सदाबहार गीतलाई रिमिक्स बनाएर प्रस्तुत गरेपछि रमाइलो कुर्दै बसेकाहरु तातिए । शुरुमै मञ्चमा उत्रेका उनले मञ्चमा दर्शकको माहोलमात्र तताएनन्। सांगितीक माहोलको मनोरम अवस्था सृजना गरिदिए।
क्रिसमसको अवसरमा आयोजित ‘नागरिक प्रजेन्ट्स रूस्लान म्यूजिक एण्ड फूड फेस्टिवल’ क्रममा उनल के यो माया हो,देखन चम्पा, जुन त लाग्यो ताराले,बोल बोल लगायतका एकदर्जन बढी गीतहरु मिसाएर नयाँ अन्दाजमा सुनाए । कार्यक्रमको प्रायोजन रूस्लान भोडका ले गरेको हो भने सहप्रायोजन जोपो मोबाइल, एपेक्स डिजिटल गरेका हुन् ।
उनीपछि मञ्चमा ओर्लिएका सुगम पोखरेलले नेपाली फिल्ममा आफ्नो डेब्यु गीत मेरो एउटा साथी छ गाएर शुरुवात गरे । रुन्न भन्थे कहिले ...भन्दै उनले दर्शकलाई एकछिन शान्त गराए । लगत्तै झिल्केले...डान्सिङ नम्बर गाएपछि दर्शक जुरुक जुरुक नाँच्न थाले । त्यो नचाई उनले अवस्था...हुँदै लखर लखर अनि ढोलक बजाइदेउ भनेर अन्त्य गरे । सन २००१ बट गीत संगितमा पाइला राखेका उनी पछिल्लो समयमा फिल्मको प्लेब्याक गीतमा छाउन थालेका छन्।
रेशम फिलीलि फिल्ममा पारि त्यो डाडाँमा ...गाएपछि गायकीमा चम्केका काली प्रसाद वास्कोटा मञ्चमा ओर्लिएपछि अर्को नयाँ माहोल बन्यो ।‘त्यो गीत गाउन गायक नपाएपछि म आफैले गाएँ’ उनले दर्शकमाझ भने ,‘त्यसपछि म लगातार गाउँदैछु ।’ मञ्चमा भने उनले गम्भिर गीतबाट शुरुवात गरे । रेशम फिलिलिकै भारी भो बैनी ...कवड्डी कवड्डीको लप्पन छप्पन जान्दिन र नाँचन मैया ...गाएर दर्शक उचाले । जब उनले हह..हह..हह भन्दै गाउन थाले दर्शकको हुटिङ उत्कर्षमा पुग्यो । पारि त्यो डाँडा उनले गाउँदै गर्दा नाँच्नेहरु तछाँड मछाँडमै उत्रिए।
लगत्तै पुरानो डुंगा फिल्मको गीत निर जहिले रिसाउने...भन्दै सुर थप्न थाले दर्शकको बढ्दो भिडमा थप रोमाञ्चकता फैलियो । वान्स मोर ...वान्स मोर ..दर्शकदिर्घाबाट सुनियो।
लुट २ मा उनले ठमेल बजार...मा पनि स्वर मिसाएका छन् । त्यसको आफुले गाएको टुक्कामात्र सुनाउदामात्र पनि नयाँ गीतको फरक क्रेज चउरमा देखियो । बजारमा अहिले हिट भैरहेको गीतमा उनले थोरैमात्र स्वर दिएका छन् । तर पनि दर्शकले उनको त्यो स्वर रुचाएका छन् ।
एकल गायन सकेपछि अब पालो सविन राई र उनको ब्याण्डको पालो आयो । सविन राईले आफनो कथा,सम्झनामा जस्ता सदाबहार गाउँदै जब गुराँसको फेद मुनी ...गाउन पुगे । उपस्थितले पुराना दिन स्मरण गरे । एक जमानामा पप संगितमा निकै हिट थियो यो गीत । उनले आफ्ना नयाँ पुराना झण्डै एकदर्जन गीत पस्के।
सविन राईको ब्याण्डपछि लामो समयपछि सांगितीक दुनियाँमा नयाँ रुपमा फर्केको १९७४ एडी ब्याण्डले नयाँ र पुराना दुबै पुस्ताका दर्शकलाई साँझसम्म मनोन्जन प्रदान गर्यो । पछिल्लो पटक हजार सपना एल्बम लिएर ब्याण्ड स्रोतामाझ फर्केको हो । उसले हजार सपनाका गीतहरुसँगै पुराना सदाबहार गीतमा दर्शक लठ्यायो । गुराँसै फूल्यो बनैमा ...चर्चित गीत यही ब्याण्डको हो । जसले अहिले पनि दर्शकमाझ आफ्नो छुट्टै छाप छाडेको छ ।
गीतसंगितमात्र हैन रमाइलो माहोलमा मिठा खानेकुरा चाख्ने अवसर कार्यक्रमे जुराएको थियो । स्वदेशी विदेशी खानाका स्टलमा दर्शश स्रोता घाममा चिसो र चिसो महसुस हुँदा तातो खानेकुरा खाँदै थिए । स्थानिय स्वादको नेवारी खाना,तराईको समोसा,लखनउको बिरयानी र कबाब,आधुनिक कन्टिनेन्टल म म,चाउमिन,पिज्जा लगायतका खानाबाट उपस्थितले स्वाद फेरे।
‘आज निकै रमाइलो भया,’ बालाजुबाट संगिहरु सहित आएकी मेनका थापाले भनिन् ,‘नाँच्न झुम्न र खान सबै एकै ठाउँमा पाइयो ।’ उनले राम्रो नाँचेकैले प्रायोजकबाट उपहार समेत पाइन् । उनका साथीहरु मेलिना तामाङ,मलिका खत्री,युनिका गुरुङ र कमला तामाङ मञ्चकै छेउमा साँझसम्म रमाइलो गरे । क्रिसमसको बिदामा परिवार सहित आएकाले आफुमात्र रमेनन् । साथमा ल्याएका छोराछोरीलाई पनि रमाइलो गराए । बालबालिकाको रमाइलोका लागि क्रिसमसको टयाटु ,हात्ती, घोडा,बाघ जस्ता जनावरको सवारी ,उफ्रेर रमाइलो गर्ने जस्ता सामाग्री थिए । निलो सान्टा क्लज र कार्यक्रमको बिचबचिमा दिइने उपहारले दर्शकमाझ उल्लास फैलिएको थियो ।
‘आज स्कुल छुट्टि त्यसैले परिवारका अरुसँग भेट्ने र छोराछोरीलाई रमाइलो गराउन यता आएँ,’लीला बस्नेतले सुनाइन् ,‘यस्ता कार्यक्रम यसरी बेला बेला भैरहनुपर्छ ।’ प्रवेश निशुल्क भएकाले पनि एकदिनको विदा मनाउनेहरुको ठूलो जमघट कार्यक्रममा भएको कार्यक्रम व्यवस्थापक रितिक शाहीले बताए ।
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/585fd4ad0514b-1200x560-wm.jpg)
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/585fd4aeb9bf4-1200x560-wm.jpg)
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/585fd4af6829f-1200x560-wm.jpg)
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/585fd4b05192e-1200x560-wm.jpg)
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/585fd4b11610d-1200x560-wm.jpg)
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/585fd4b23c581-1200x560-wm.jpg)
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/585fd4b2b6030-1200x560-wm.jpg)
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/585fd4b3598af-1200x560-wm.jpg)