२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

एकादेशमा महोत्वसमा ७५ फिल्म प्रदर्शन हुने

काठमाडौं- विभिन्न विषयमा आधारित लघु चलचित्रहरुको एकादेशमा अन्तर्राष्ट्रिय चलचित्र  महोत्सव शुक्रबारदेखि राजधानीमा सुरु हुने भएको छ । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवको तयारीबारे आयोजकले जानकारी गरायो ।

‘गतवर्ष विनाशकारी भूकम्पले गर्दा एकादेशमा अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सव आयोजना गर्न सकेनौं। यसवर्ष भने सात सय फिल्महरुबाट छनोट भएका ७८ वटा फिल्महरु प्रदर्शन हुँदैछन्। नयाँ फिल्म मेकरहरुको फिल्मप्रति रुचि समेत बढेर गएको हुँदा राम्रा फिल्मलाई प्रोत्साहन गर्न महोत्सवलाई  निरन्तरता दिएका हौें,’ आयोजककी सहारा शर्माले भनिन् । महोत्सवको  शैक्षिक रुपमा समेत महत्व रहेको हुँदा सबैलाई सहभागि हुन उनले आग्रह समेत गरेकी छिन्।   महोत्सवको यो चौथौंं संस्करण हो । तीन दिने महोत्सव आगामी कात्तिक २८ सम्म हुने भएको छ । महोत्सवको उद्घाटन पुजा शर्मा र विभूषण बस्नेतद्वारा निर्देशित नेपाली फिल्म ‘डडिया’ को प्रिमियरबाट हुनेछ ।

क्युएफएक्स कुमारी हलमा चल्ने महोत्सवमा यसपालि ६० भन्दा बढी देशका फिल्महरु छानिएको छ । महोत्सवमा ‘चेन्जिङ प्रस्पेक्टिभ्स्’, ‘फ्युचर अफ सिनेमा’, ‘इन्टर द ड्राइगन’,‘लभ लेटर’ र ‘एन्ड लाईफ गोज अन’ नामक विधामा फिल्महरुले प्रतिस्पर्धा गर्दैछन्। महोत्सवमा अभिनेता राजेश हमाल, सोफी बडन, युवाकर राजकर्णिकार,छिरिङरितार शेर्पा र सुर्वण थापा लगायतको निर्णायक टोलीले उत्कृष्ट फिल्महरु छनोट गर्नेछन्। 

पाँच विधामा उत्कृष्ट भएका विजेताहरुलाई नगद र अवार्ड प्राप्त गर्नेछन्। ‘भेनिस फिल्ममा हाम्रो फिल्म सहभागि भएपनि हामीले फिल्मको दर्शक प्रतिक्रिया लिन पाएका थिएनौं। एकादेशमा फिल्म महोत्सवमा हाम्रो लिन पाउने भएका छौं,’ निर्देशन विभूषण बस्नेतले भने। महोत्सवमा फिल्मसम्बन्धी ‘फिल्म फन्डिङ एन्ड फेस्टिबल’,‘ओपन डोर’ र ‘सोसल रिफम थ्रो सिनेमा’लगायतमा छलफल समेत संञ्चालन हुनेछ। निर्देशक मीन भाम, प्रचण्डमान श्रेष्ठ, सोहम ढकाल, भरतमान शाक्य र दिवस केसी लगायत वक्ताहरु छलफलमा सहभागि हुनेछन्।

‘एन्ड लाईफ गोज अन’ नारा सहित सुरु हुने महोत्सवमा तीस मिनेटभन्दा कम समयका ‘बस स्टोरी’, ‘द इन्ड अफ ल वल्र्ड’, ‘फ्याट ब्वाई नेभर सिल्म’, ‘रेट मि’, ‘सिहंदरवार’, ‘छाँया’, ‘चन्द्र’,‘ब्याट हन्टर’, ‘द रेड डोर’, ‘बक्स सिटी’,‘अन द रुफ’, ‘पर्पल’, ‘अ गल हु डान्स विथ डेभिल’, ‘होल्ड अन’, ‘ल अफ द लाम’ र ‘अ फरगटन स्टोरी लगायत सर्ट फिल्महरु प्रदर्शन हुनेछन्।
--

प्रकाशित: २२ कार्तिक २०७३ ११:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App