२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
कला

देखेर मिठो सपना हराएँ तिमीमा

मुक्तक

अनु विज्ञाति

१.मुक्तक

देखेर मिठो सपना, हराएँ तिमीमा,

गुमाउनै नसक्ने के मन, पराएँ तिमीमा।

चल्नै छाडेपछि आजकाल ढुकढुकी पनि,

यताको मुटु त्यता, सराएँ तिमीमा।

  २.मुक्तक

पानी बनी तिमी ममा, बर्से जस्तै लाग्यो,

वदनमा ठोक्किंदा त, तर्से जस्तै लाग्यो।

शीरमाथि खस्दाखेरि मोती जस्ता शीत,

तिम्रै प्रेमका छिटाहरूले, पर्से जस्तै लाग्यो।

 ३.मुक्तक

पत्थर हैन हिरा जस्तै, छचल्कियो माया तिम्रो,

अलग अब नठान है, म त सधैं छाया तिम्रो।

मुटुभित्र साँचेकी छु,मायाका ती बहारहरू,

एक्लो छैनौं म नि हुन्छु, सधैं दायाँबायाँ तिम्रो।

   ४.मुक्तक

मनको ढोका ढकढक पार्ने, तिम्रो मीठो बोली,

गर्न मन लाग्छ सधैं तारीफ,दिल खोली।

अश्रु छोड्छौ हाँसोरूपी, मुटुभित्र गड्ने,

शहीद भाछु ठोक्दा तिम्ले, पिरतीको गोली।

  ५. मुक्तक

सिर्जनामा जताततै, तिमी मात्र पोखिन्छौ,

भुल्छु भन्छु अनायासै, नजरमा ठोकिन्छौ।

मायाको यो सागरमा, दुवै मिली डुबे पनि,

अछूत हुने म मात्रै हो, तिमी यसै चोखिन्छौ।

प्रकाशित: २७ माघ २०७९ ०३:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App