काठमाडौं– नेपाली म्युजिक भिडियोको दुनियाँमा हाल पल शाह जताततै छाउन थालेका छन्। उनको चर्चा र व्यस्तता निकै बढिरहेको छ । यिनै नव मोडल तथा कलाकार शाहले पछिल्लो समय गाजलु आँखाको बयान गर्ने एउटा नयाँ रोमान्टिक गीतको म्युजिक भिडियोमा अभिनय गरेका छन्।
दिनेश थपलीयाको शब्दमा तयार भएको गीतको म्युजिक भिडियोमा रेनुका सिंह पलसँग देखिएकी छन्।
स्वरुपराज आचार्यको स्वर रहेको गीतमा बसन्त सापकोटा संगीत छ।
गीतको म्युजिक भिडियोको छाँयाङ्कन सुदिप बरालले गरेका छन्। भिडियोको सम्पादन रन्जन न्यौपानेले गरेका हुन्। भिडियोमा सरोज ओलीको निर्देशन रहेको छ।
भिडियाे
प्रकाशित: १९ श्रावण २०७३ ०८:५३ बुधबार