चौथो राष्ट्रिय खुला वादोरियो कराते प्रतियोगिता:बागमती टिम च्याम्पियन
बागमती प्रदेशले चौथो राष्ट्रिय खुला वादोरियो कराते प्रतियोगिताको उपाधि जितेको छ। १२ स्पर्धा समावेश प्रतियोगितामा बागमती सर्वाधिक १० स्वर्ण जित्दै समग्रमा टिम च्याम्पियन बन्यो । बागमतीले २ रजत र १ कांस्य पनि जित्यो।