चेपेखोला जलविद्युत् निर्माणको काम अनिश्चित
आयोजनाको भौतिक प्रगति करिब ६५ प्रतिशत छ भने झण्डै ९० करोड बराबरको लगानी भइसकेको छ। आयोजनाले विद्युत् उत्पादन मिति २०८० साउन ३ गतेभित्र निर्माण कार्य सकेर परीक्षण समेत गरी राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जडान गर्ने लक्ष्य राखेको छ।