५ आश्विन २०८१ शनिबार
image/svg+xml

कास्कीः खगराज अधिकारीलाई आफ्नै बोली पिरलो

अहिलेका प्रतिष्पर्धी रहेका खगराज अधिकारी अघिल्लो निर्वाचनमा कास्की–१ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार थिए। एमाले र माओवादी बीच एकता भई नेकपा बनेर चुनाव लडेकाले त्यस निर्वाचनमा उनीहरु एकअर्काका सारथी थिए। त्यहि भएर तत्कालीन चुनावताका खगराज आफ्ना समर्थकलाई भन्ने गर्थे, ‘बरु मलाई भोट नहाल्नु तर, दीपकलाई भोट हालेर जिताउनु। भोलि म आफै दीपकको प्रतिष्पर्धी बनेपनि मलाई भोट नहाल्नु बरु दीपकलाई नै हाल्नु। किनकी यो साह्रै असल छ। युवा पनि छ र यसले भविष्यमा केहि न केहि गर्छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्