१८ असार २०८१ मंगलबार
image/svg+xml

सिरियामा जारी हिंसाप्रति राष्ट्रसंघीय प्रमुखको चासो

महासचिव गुटरेसले यस्तो आक्रमणलाई रोकी सबै पक्षले शान्ति र संयम अपनाउन आग्रह पनि गरेका छन्। केही दिनयताको सो हमलाबाट उत्तरपूर्वी सिरियाली नगर इडलिबका कैयौँ मानिस विस्थापित हुन पुगेका पनि बताइएको छ।

इथियोपियामा भएको युद्धविरामको दक्षिण अफ्रिकाद्वारा स्वागत

इथियोपियाको सरकार र उत्तरी इथियोपियामा हिंसात्मक द्वन्द्व गरिरहेको विद्रोही समूह टिगरे पिपुल्स लिबरेसन फ्रन्टका बीचमा बुधबार युद्धविराम भएको थियो।

इथियोपियामा भएको युद्धविरामलाई सहयोग गर्न राष्ट्रसंघीय प्रमुखको आग्रह

दक्षिण अफ्रिकाको पिर्टोरियामा गएका केही दिनदेखि इथियोपियाको सरकारका प्रतिनिधि र यहाँको टिगरे क्षेत्रमा गएका केही वर्षदेखि हिंसा जारी राखेको विद्रोही समूहका बीचमा शान्ति वार्ता भएको थियो। सो वार्तापछि बुधबार यी दुवै पक्ष तत्कालै युद्धविराम गर्न सहमत भएका बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्