सभ्य र शिष्ट भाषाका प्रयोगकर्ता भानु
सुगौली सन्धिले नेपाली कविताको वीरधारालाई तिलाञ्जली दियो। नेपाली कविहरू भक्तिधारामा प्रवेश गरे। भक्तिधाराको अजस्र प्रवाहमा भानुुभक्त आएका हुुन्। उनको रामायणको भाषा तत्कालीन साक्षर व्यक्तिका लागि पनि बोधगम्य थियो। उक्त बोधगम्यका कारण उनको रामायणले नेपालीका घरघरमा ठाउँ पायो। त्यो भानुभक्तको रामायणको लोकप्रियता हो। भाषामा सहजता र सरलतालाई भानुुले जसरी काव्यमा समाहित गरे, त्यो नै लोकप्रियताको आधारबीज हो। यही आधारको प्रतिविम्ब भानुको रामायणलाई लिन सकिन्छ।