एक थान बहुलट्ठी सपनाहरू
सुन एउटा उखान सुन उखानै उखानले भरिएको निधार छाम माने कानुन नमाने कागजको खोस्टो चाहे कोट लगाएर बहस गर औषधि चाहे कोट फुकालेर सडकमा बस मैले एक क्रूर तानाशाहको गोप्य जीवनी पढिसकेँ मैले सिजोफ्रेनियाको औषधि निषेध गरिसकेँ आहा, अँध्यारो सुरुङको यात्रा।