२१ असार २०८१ शुक्रबार
image/svg+xml

लिटल फ्लावर प्रिमियर लिग को ट्रफि सार्वजनिक

भोली फागुन १५ गतेदेखि २९ गतेसम्म धनगढीमा आयोजना हुने चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग–५ को शुक्रवार ट्रफि सार्वजनिक गरिएको छ । विद्यालय स्तरीय यु– १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल संचालन हुने धनगढीको संघिय प्रहरी इकाई कार्यालयको खेलमैदानमा शुक्रवार धनगढी उपमहानगरपालिकाका प्रमुख नृप वडले ट्रफि सार्वजनिक गरेको हो । देशभरका १६ बिद्यालयको सहभागी रहने प्रतियोगिताको सवै तयारी पुरा भएको आयोजक लिटल फ्लावर स्पोर्टस् एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बताएका छन । लिक कम नक आउटमा खेलाइने प्रतियोगिताको उद्घाटन खेल शनिवार आयोजक लिटल फ्लावर र विद्या भूषण पब्लिक स्कुल गेटा भिड्ने छन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्