१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

रातिराति अवैध ढुंगा,गिटी झिक्ने आधादर्जन बढी ट्याक्टर नियन्त्रणमा

उदयपुरका विभिन्न खोला खहरेबाट ढुंगा, गिटी, बालुवा उत्खनन र बिक्री वितरण गर्ने आधादर्जन बढी ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। सिराहा र सप्तरीसँग सीमाना जोडिएको उदयपुरको उदयपुरगढी गाउँपालिकाका खोला खहरेबाट नदीजन्य पदार्थ चोरी निकासी गर्दै गरेको अवस्थामा प्रहरीले सोमबार राति ७ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्