coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

प्राध्यापक संघ‌‌द्वारा महँगी भत्ता माग

नेपाल प्राध्यापक संघ‌‌ले मूल्य वृद्धिको अनुपातमा प्राध्यापक तथा कर्मचारीलाई तत्काल महँगी भत्ताको व्यवस्था गर्न माग गरेको छ । संघ‌‌ले आज त्रिविका उपकुलपति डा. धर्मकान्त बाँस्कोटामार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज पठाइएको २० बुँदे ज्ञापनपत्रमा प्राध्यापकहरुको नयाँ मर्यादाक्रम कार्यान्वयनमा आउनुपर्ने, अवकाशको उमेर हद ६५ बनाइनुपर्ने, प्राध्यापकहरुको सेवा सुविधा सार्कस्तरीय हुनुपर्ने, स्वास्थ्योपचार सुविधालाई सेवानिवृत्त भएपछि पनि यथावत् कायम राखिनुपर्नेलगायत छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्