१ मंसिर २०८१ शनिबार
image/svg+xml

कटारी गोल्डकपको उपाधि झापा ११ ले उचाल्यो

कटारीमा सम्पन्न ‘चौथो कटारी मेयर गोल्डकप प्रतियोगिता ०७४’ को उपाधि झापा ११ ले चुमेको छ। शनिबार सम्पन्न गोल्डकपको फाइनल खेलमा टाइब्रेकरबाट झापाले ४–२ गोलको फरकले संकटा क्लब काठमाडाैंलाई पराजित गर्दै उपाधि चुम्न सफल भएको हो। झापा ०७१ मा सम्पन्न प्रथम कटारी गोल्डकपको पनि उपाधि विजेता हो।

कटारी गोल्डकप : उपाधिका लागि झापा ११ र संकटा भिड्ने

कटारीमा जारी ‘चौथो कटारी गोल्डकप फुटबल प्रतियोगिता ०७४’ मा अर्को ए डिभिजन संकटा क्लब काठमाडौं पनि उपाधिको दावेदार बनेर उभिएको छ। बिहीबार सम्पन्न अन्तिम सेमीफाइनल खेलमा संकटाले प्रतिस्पर्धी समूह गोर्खा ब्वाईज युनियन रुपन्देहीविरुद्ध ०–३ गोल गर्दै उपाधिको दाबेदार झापा ११ लाई चुनौती दिन उभिएको हो।

कटारीमा कृषि क्याम्पस खुल्ने

उदयपुरको कटारीमा कृषि क्याम्पस खोल्ने तयारी अन्तिम चरणमा पुगेको छ। जिल्लाको प्राकृतिक स्रोत व्यवस्थापन तथा विद्यार्थीलाई प्राविधिक शिक्षातर्फ उन्मुख गराउने उदेश्यले कटारी नगरपालिका ५ मा कृषि क्याम्पस खोल्न लागिएको हो।

इलाका प्रशासन कटारीमा ‘ध्वनी नागरिक बडापत्र’

उदयपुरको पश्चिमी बजार कटारीस्थित इलाका प्रशासन कार्यालयले पनि ‘ध्वनी नागरिक बडापत्र’ सञ्चानलमा ल्याएको छ। इप्रका कटारीले बिहीबारदेखि ध्वनी बडापत्र सञ्चालनमा ल्याएको हो। साता दिन अघिदेखि एमआरपी (राहदानी) वितरणको काम थालेको कार्यालयले कार्यालयको सेवा चुस्त बनाउन ध्वनी बडापत्रको सुरुवात गरेको जनाएको छ।

कटारी नगरपालिकामा माओवादीको उम्मेद्वार सिफारिस

आउँदो स्थानीय तहको निर्वाचनका लागि कटारी नगरपालिकामा नेकपामाओवादी केन्द्रले उम्मेद्वारको नाम सिफारिस गरेको छ । आगामी ३१ गते हुने निर्वाचनका लागि माओजवादी केन्द्रले मेयर र उपमेयरका आकांक्षीहरूको नाम शुक्रबार जिल्ला पार्टीलाई सिफारिस गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्