कन्ट्रयाक ट्रेसिङपछि परीक्षण
प्रदेश १ सरकारले सम्भावित संक्रमितको खोजी तथा सम्पर्क पहिचानसम्बन्धी अभियान सुरु गरेको छ। अभियानअन्तर्गत कोभिड–१९ संक्रमणको प्रत्यक्ष सम्पर्कमा आएका प्रत्येक व्यक्ति पत्ता लगाएर उनीहरु भित्रैबाट सम्भावित स्रोत र कारण पत्ता लगाइने प्रदेश १ सरकारको कोभिड–१९ विरुद्धको अभियानका सहजकर्ता विनोद खनालले भने।