२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

पाकिस्तानविरुद्ध श्रीलंकाको फराकिलो अग्रता

क्याप्शन

कप्तान दिमुथ करुनारत्नेले ढाडको समस्याका कारण संघर्ष गरेको दोस्रो टेस्टमा श्रीलंकाले मंगलबार पाकिस्तानविरुद्ध ३ सय २३ रनको अग्रता लिएको छ।

खराब प्रकाशका कारण तेस्रो दिनको खेल छिट्टै सकिँदा आयोजक श्रीलंका १७६/५ को अवस्थामा छ। खराब प्रकाश जारी रहेपछि गालेमा करिब आधा घण्टाको समय बाँकी छँदै नै तेस्रो दिनको खेल समाप्त भएको थियो। दायाँ हाते ब्याट्सम्यान करुनारत्ने २७ रन र धनञ्जय डी सिल्भा ३० रनमा क्रिजमा छन्।

यी दुईले छैटौं विकेटका लागि ५९ रनको साझेदारी गरे। स्पिनर रमेश मेन्डिसले पाँच विकेट लिँदा पाकिस्तान पहिलो इनिङमा २ सय ३१ रनमै समेटिएपछि घरेलु टोली श्रीलंकाले १ सय ४७ रनको अग्रता लियो। श्रीलंका ११७/५ को अवस्थामा रहँदा करुनारत्नेले ब्याटिङ गरेका थिए। पाकिस्तानले ब्याटिङ गर्दा उनी डाढमा समस्या आएका कारण फिल्डिङमा भने उत्रिएका थिएनन्।

ब्याटिङ गर्न भने करुनारत्ने मैदान छिरे र कठिन परिस्थितिमा इनिङ सम्हाले। उनलाई डी सिल्भाको साथ पनि रह्यो। डी सिल्भाले ६ बाउन्ड्री प्रहार गर्दै विपक्षी बलरमाथि दबाब बनाउने प्रयास गरेका छन्। कप्तान करुनारत्नेले फिजियो सहायता लिँदै इनिङ जारी राखे। उनले डी सिल्भालाई स्ट्राइक रोटेट गर्दै थप क्षति हुन दिएनन्। करुनारत्नेको इनिङमा पनि दुई चौका रह्यो। पाकिस्तानले केही महŒवपूर्ण विकेटसँगै श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युजलाई पनि पवेलियनको बाटो देखाउँदै खेल आफ्नो नियन्त्रणमा राख्ने प्रयास गरेको थियो।

सयौं टेस्ट खेलिरहेका म्याथ्युज ३५ रनमा आउट भए। उनले दिनेश चण्डीमलसँग मिलेर इनिङ अगाडि बढाएका थिए। म्याथ्युजलाई पाकिस्तानका स्पिनर अघा सलमानले आउट गर्दै पहिलो टेस्ट विकेट लिए। पाकिस्तानले रिभ्युमार्फत त्यो विकेट प्राप्त गरेको थियो। लयमा रहेका चण्डीमलले पछिल्ला चार इनिङमा क्रमशः नटआउट २ सय ६, ७६, नटआउट ९४ र ८० रनको इनिङ खेलेका छन्।

यस पटक पनि उनी राम्रो लयमा देखिएका थिए। तर, चिया सत्रपछि नसिम साहको बलमा चण्डीमललाई २१ रनमा विकेटपछाडि क्याच भए। नसिमले पहिलो इनिङमा तीन विकेट लिँदै श्रीलंकालाई रोकेका थिए। त्यस क्रममा उनले श्रीलंकाका ओपनर निरोसन डिकवेलालाई १५ रनमा नै आउट गरे। यासिर साहले ओसादा फर्नान्डोलाई १९ रनमा पवेलियन फर्काउँदा मोहम्मद नवाजले कुशल मेन्डिसलाई १५ रनमा एलबिडब्लु सिकार बनाए।

त्यसअघि पाहुना टोली पाकिस्तानले तेस्रो दिन १९१/७ को अवस्थाबाट आफ्नो इनिङको सुरुआत गरेको थियो।

तर, ३ सय ७८ र नको योगफल पछ्याएको पाकिस्तान २ सय ३१ रनमै समेटियो। अफ स्पिनर रमेशले नौमन अली र यासिर साहलाई २८ र नमा एलबिडब्लु आउट गर्दै आफ्नो दशौं टेस्ट क्रिकेटमा तेस्रो पटक पाँच विकेट लिए। पाकिस्तानले दुई खेलको शृंखला १-० ले अग्रता लिएको छ। श्रीलंका यो खेललाई ड्र गर्ने योजनामा छ। तथापि, चौथो दिन खेलले नयाँ मोड लिन पनि सक्छ। पाकिस्तानले पहिलो टेस्टमा यसै मैदानमा तीन सय ४२ रनको लक्ष्य भेट्टाएको थियो।  

प्रकाशित: ११ श्रावण २०७९ ०२:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App