२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

रुट र बेयर्स्टोले जिताए इङ्ल्यान्डलाई

भारतविरुद्ध जित निकालेपछि इङ्ल्यान्डका जो रुट (बायाँ) सहकर्मी जोनी बेयर्स्टोसँग ।

जो रुट र जोनी बेयर्स्टोको शतकप्रेरित  इङ्ल्यान्डले मंगलबार पाँचौं  टेस्टमा भारतलाई सात विकेटले हराउँदै पाँच टेस्टको शृंखला २-२को बराबरीमा टुङ्ग्याएको छ। गत वर्ष नै तय यी दुई टोलीबीचको पाँचौं टेस्ट कोभिड १९ संक्रमणको बढ्दो दरसँगै स्थगित भएको थियो। सोही टेस्ट शृंखालको अन्तिम खेल अहिले खेलाइएको हो। टेस्ट शृंखला रोकिँदा भारत २–१ ले अघि थियो।

पूर्वकप्तान रुटले अविजित १ सय ४२ रन जोड्दा बेयर्स्टोले अविजित १ सय १४ रन जोडे ।

जितका लागि ३ सय ७८ र नको लक्ष्य पछ्याएको इङ्ल्यान्डले तीन विकेटको क्षतिमा सो लक्ष्य पूरा गर्‍यो। पूर्वकप्तान रुटले अविजित १ सय ४२ रन जोड्दा बेयर्स्टोले अविजित १ सय १४ रन जोडे। बेयर स्टोले पहिलो इनिङमा पनि शतक पूरा गरेका थिए। इङ्ल्यान्ड पहिलो इनिङमा २ सय ८४ रनमा सीमित हुँदा बेयर्स्टोले १ सय ६ र नको योगदान गरेका थिए।

रुटले न्युजिल्यान्डविरुद्ध पनि दुई शतक पूरा गरेका थिए। बेयर्स्टोको पछिल्लो पाँच इनिङमा यो चौथो शतक हो। सन् २००८ मा एन्ड्य्रु स्ट्राउसपछि एकै टेस्टमा दुई शतक पूरा गर्ने बेयर्स्टो पहिलो खेलाडी हुन्। यस वर्ष बेयर्स्टोको यो आठौं शतक हो।

इङ्ल्यान्डले यसअघि चौथो इनिङमा पछ्याएको ३ सय ५९ रनको लक्ष्य सबैभन्दा ठूलो योगफल थियो। तीन वर्षअघि बेन स्टोक्सको शतकमा इङ्ल्यान्डले हेडिङलेमा सो लक्ष्य पूरा गरेको थियो। मंगलबार भने इङ्ल्यान्डले सो कीर्तिमान तोडेको हो।

नयाँ कप्तान स्टोक्स र प्रशिक्षक ब्रेन्डन म्याककुलमको प्रशिक्षणमा इङ्ल्यान्डले भेट्टाएको यो सर्वाधिक ठूलो लक्ष्य हो। गत साता न्युजिल्यान्डविरुद्धको तीन टेस्टको शृंखला ३-० ले क्लिन स्विप गर्दा इङल्यान्डले क्रमशः २ सय ७७,२ सय ९९ र २ सय ९६ र नको विजयलक्ष्य पूरा गरेको थियो। २५९-३ बाट पाँचौं दिनका खेल सुरु गरेको इङ्ल्यान्ड शृंखला बराबरी गर्न मात्र १ सय १९ रन टाढा थियो।

रुट अविजित ७६ र बेयरस्टो अविजित ७२ रनमा खेलिरहेका थिए। कठिन लक्ष्य पछ्याएको इङल्यान्ड १०९-९ को कठिन स्थितिमा रहँदा ब्याटिङका लागि आएका रुट र बेयर्स्टोले घरेलु टोलीलाई जितको संघार मा पुर्‍याउने क्रममा चौथो दिनको खेल समाप्तिअघि १ सय ५० रनको साझेदारी गरेका थिए।

रुट र बेयर्स्टोले चौथो विकेटका लागि अविजित २ सय ५९ रनको साझेदारी गरेपछि इङ्ल्यान्डले ७७ ओभरमै लक्ष्य पूरा गरेको थियो। रुटले १ सय ७३ बलमा १९ चौका र १ छक्का प्रहार  गरे। त्यस्तै बेयर्स्टोले एक सय ४५ बलमा १५ चौका र १ छक्का प्रहार गरे।

न्युजिल्यान्ड भ्रमणअघि १७ टेस्टमा मात्र १ खेल जितेको इङ्ल्यान्ड पछिल्लो ४ खेलमा भने अपराजित रहँदै आएको छ। यसअघि भारतले पहिलो इनिङमा ४ सय १६ रन जोडेको थियो भने इङ्ल्यान्ड २ सय ८४ रनमा सीमित भएको थियो।

भारतले पहिलो इनिङमा १ सय ३२ रनको अग्रता लिएको थियो। चौथो दिन १२५–३ को स्थितिमा रहेको भारतले थप १ सय २० रन जोड्ने क्रममा बाँकी ७ विकेट गुमाएपछि टोली २ सय ४५ रनमा समेटिएको थियो।

प्रकाशित: २२ असार २०७९ ०४:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App