८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

पाकिस्तानलाई शृंखला

वेस्ट इन्डिजविरुद्ध ट्रफी हात पारेपछि पाकिस्तानी खेलाडी। तस्बिरः एएफपी

शाडब खानको अलराउन्ड प्रदर्शनमा पाकिस्तानले वेस्ट इन्डिजसँगको तेस्रो तथा अन्तिम एकदिवसीय खेल ५३ रनले जित निकाल्दै शृंखला आफ्नो पक्षमा पारेको छ।

धुलो आँधीद्वारा प्रवाहित खेलमा शाडबको चार विकेट र अर्धशतकीय इनिङ प्रेरणामा पाकिस्तानले तेस्रो एकदिवसीयमा क्यारेबियन टोली वेस्ट इन्डिजलाई हराउँदै शृंखला आफ्नो बनाएको हो। ४८ ओभरमा घटाइएको खेलमा पाकिस्तानले २६९/९ को योगफल बनायो, जहाँ शाडबले ८६ रनको योगदान दिए।

उनको इनिङमा तीन छक्का र चार चौका रह्यो। निकोलस पुरनले चार विकेट लिएपछि घरेलु टोली एक समय ११७/५ को नाजुक स्थितिमा पुग्यो। तर, शाडबले नै यादगार इनिङ खेल्दै पाकिस्तानलाई राम्रो योगफलसम्म डोर्‍याए। त्यसअघि ओपनर इमाम उल हकले ६८ बलमा ६२ रन जोडे। अर्का ओपनर फखर जमानले ३५ रन बनाए।

यद्यपि, विश्व नम्बर एक एकदिवसीय ब्याट्सम्यान बाबर आजम ३ रनमै आउट भए। विकेटकिपर मोहम्मद रिजवान ११ रन र मोहम्मद हरिस शून्यमै पवेलियन फर्किए। यद्यपि, शाडवको अर्धशतक र खुसदिल शाहले ३४ रन बनाउँदै पाकिस्तानको इनिङ उकासे।

त्यसपछि पाहुना टोली ३७.२ ओभरमा २ सय १६ रनमा नै समेटियो। जहाँ लेग स्पिनर शाडबले ४–६२ को प्रदर्शन गरे। यो जितसँगै पाकिस्तानले एकदिवसीय सुपर लिगमा ३० अंक जोड्यो। एकदिवसीय सुपर लिग आगामी वर्ष भारतमा हुने विश्वकपको छनोट चरण पनि हो।

शृंखला ३–० ले क्लिन स्विप गरेपछि पाकिस्तान ९० अंक जोड्दै १३ टोली सहभागी एकदिवसीय लिगको अंकतालिकामा चौथो स्थानमा पुगेको छ। वेस्ट इन्डिज भने यो अंकतालिकाको पाँचौं स्थानमा छ। हावाहुरी आएपछि उक्त खेल ४८ ओभरमा घटाइएको थियो।

तर, पाकिस्तानलाई वेस्ट इन्डिजमाथि लगातार नवौं एकदिवसीय शृंखलामा जित निकाल्नबाट रोक्न भने सकेन। पाकिस्तानले पहिलो खेल पाँच विकेटले र मुल्तानमा भएको दोस्रो खेल १ सय २० रनले जितेका थियो। तेस्रो खेलमा पनि शाडब चम्केपछि पाकिस्तानले सहज जित निकाल्यो।

उनले किसी क्यार्थी (३३ रन), रोभमन पावल (१० रन) र अकिल होसेनको बलमा ६० रन जोडे। अकिलले ३७ बलमा ६ छक्का र दुई चौका हिर्काए। होसेनले आठौं विकेटका लागि रोमारियो सेफर्डसँग ४९ रनको साझेदारी गर्दै घरेलु टोलीलाई चुनौती दिए।

तर, १२ रनको अन्तरमा दुवै ब्याट्सम्यान आउट भए र वेस्ट इन्डिजले शृंखला गुमायो। ओपनर साई होपले २१ रन र सेमार ब्रुक्सले १८ रन बनाए। किमो पाउल पनि २१ रनमै पवेलियन फर्किए। पाकिस्तानका कप्तान बाबरले शृंखलामा जितपछि खुसी व्यक्ति गरे।

‘हाम्रो योजनाअनुरूप सबै पक्षमा काम भयो। जसको कारण हामीले जित प्राप्त गर्‍यौँ,’ बाबरले भने, ‘हामीले अझै सुधार गर्नुपर्ने पक्ष धेरै छ। ती गल्तीबाट हामीले पाठ सिक्नेछौं।’ पुरनले भने हारलाई निराशाजनक प्रदर्शनका रूपमा प्रतिक्रिया दिएका छन्। ‘पछिल्ला दुई खेल हाम्रा लागि निराशाजनक रहे। ब्याटिङ पक्ष निकै खराब भयो,’ पुरनले भने।

प्रकाशित: ३१ जेष्ठ २०७९ ०४:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App