२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

वेस्ट इन्डिजको भ्रमणले पाकिस्तान उत्साहित

वेस्ट इन्डिज पाकिस्तान भ्रमणका लागि आएसँगै पाकिस्तानी अधिकारीहरूले न्युजिल्यान्डले सुरक्षाको कारण देखाउँदै भ्रमण रद्द गर्दाको निराशा हट्ने विश्वास व्यक्त गरेका छन्।

वेस्ट इन्डिजले पाकिस्तान भ्रमणदौरान तीन ट्वान्टी–२० र तीन टेस्टको शृंखला खेल्नेछ। जसअन्तर्गतको पहिलो खेल सोमबार हुनेछ।

वेस्ट इन्डिजले सन् २०१८ पछि पहिलो पटक पाकिस्तान भ्रमण गरेको थियो। २३ सदस्यीय वेस्ट इन्डिज बिहीबार बिहान कराची आइपुगेको हो। उनीहरूलाई उच्च सुरक्षा घेरामा होटलसम्म पुर्‍याइएको थियो।  तीन महिनाअघि न्युजिल्यान्ड पाकिस्तान भ्रमणमा आएको थियो।

त्यो न्युजिल्यान्डले १८ वर्षपछि पाकिस्तान भ्रमण गरेको पहिलो पटक थियो। तर शृंखला सुरु हुनुभन्दा एक दिनअघि मात्र टोलीले सुरक्षाको खतरा औल्याउँदै भ्रमण रद्द गरेको थियो।

न्युजिल्यान्डले भम्रण रद्द गरेलगत्तै इङ्ल्यान्डको पुरुष र महिला टोलीले पनि अक्टोबरका लागि तय पाकिस्तान भ्रमण रद्द गरेका थिए। पाकिस्तान भने आफूहरूले पूर्ण रूपमा सुरक्षा प्रदान गरे पनि नियोजित रूपमा भ्रमण रद्द गरिएको भन्दै आक्रोशित बनेको थियो।

सन् २००९ मा श्रीलंकन टोली यात्रा गरिरहेको बसमा भएको आतंककारी हमलापछि विदेशी टोली पाकिस्तान भ्रमणमा अनिच्छुक बन्दै आएका छन्।

सन् २०१५ सम्म पाकिस्तानले युएईमा घरेलु शृंखला खेलको थियो। पहिलो ट्वान्टी–२० खेल डिसेम्बर १३, दोस्रो १४ र तेस्रो खेल १६ मा हुनेछ भने एकदिवसीय खेल भने डिसेम्बर १८, २० र २२ मा हुनेछ।

प्रकाशित: २४ मंसिर २०७८ ०४:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App