४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

भारतको अद्भुत प्रदर्शन : कोहली

न्युजिल्यान्डमाथि सोमबार ३ सय ७२ रनको फराकिलो जित हात पार्दै दुई टेस्टको शृंखला १–० ले जितेपछि भारतीय टेस्ट टोलीका कप्तान विराट कोहलीले आफ्नो टोलीले अद्भुत प्रदर्शन गरेको प्रतिक्रिया दिएका छन्।

१४०–५ बाट चौथो दिनको खेल सुरु गरेको न्युजिल्यान्ड थप २७ रन जोड्दा बाँकी ५ विकेट गुमाएसँगै १ सय ६७ रनमा सीमित भएको थियो।

पहिलो इनिङमा न्युजिल्यान्डका स्विनर अजाज पटेलले कीर्तिमानी १० विकेट लिँदा भारत ३ सय २५ रनमा सीमित भएको थियो। पहिलो टेस्ट बराबरीमा टुङ्ग्याएको न्युजिल्यान्ड पहिलो इनिङमा मात्र ६२ रनमा सीमित भयो।

भारतले पहिलो इनिङमा २ सय ६३ रनका अग्रता लिएको थियो। भारतले २२७–७ मा दोस्रो इनिङ समाप्तिको घोषणा गरेको थियो। भारतले न्युजिल्यान्डलाई जितका लागि ५ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको थियो।

‘जितका साथ टोलीका फर्कन पाउँदा निकै खुसी छु,’ कोहलीले भने, ‘भारतले सधैं आफूलाई अब्बल टोलीका रूपमा प्रमाणित गर्दै आएको छ। न्युजिल्यान्डलाई हामीले पहिलो दिनबाटै दबाबमा राखेका थियौं।

चौथो दिनसम्म पनि उनीहरूलाई दबाबमा राख्दै रवाफिलो जित हात पार्न सफल भयौ। हामीले पहिलो टेस्टको तुलनामा दोस्रो टेस्टमा उत्कृष्ट प्रदर्शन गरयौं।’

न्युजिल्यान्डलाई दोस्रो इनिङमा १ सय ६७ रनमा सीमित पार्ने क्रममा ३४ रन खर्चंदै ४ विकेट लिए भने जयन्त यादवले ४९ रन खर्चंदै ४ विकेट लिए।

दोस्रो इनिङमा न्युजिल्यान्डका ड्यारेल मिचेलले ६० रन जोडेका थिए। उनले आइतबार चौथो विकेटका लागि निकोलाससँग ७३ रनको साझेदारी गरेका थिए। न्युजिल्यान्डले जुनमा भारतलाई नै पराजित गर्दै पहिलो संस्करणको विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको थियो।‘मेरा लागि यो शृंखला विशेष रह्यो,’ अजाजले भने, ‘एकै इनिङमा १० विकेट लिनु खेल जीवनकै उत्कृष्ट क्षण हो। तर टोलीलाई शृंखला जिताउन नपाउँदा दुखी छु।’

न्युजिल्यान्डका कार्यवाहक कप्तान टम लाथमले पहिलो इनिङमा ६२ रनमै सीमित हुनु नै हारको मुख्य कारण भएको बताए। नियमित कप्तान केन विलिम्सन घाइते भएपछि लाथमले टोलीको कप्तानी सम्हालेका थिए।‘भारत र हामीबीचको फरक भनेकै पहिलो इनिङ रह्यो,’लाथमले भने,‘पहिलो इनिङमा हामी सस्तोमा सीमित भएसँगै खेल भारतको पक्षमा गइसकेको थियो। दोस्रो इनिङ केवल औपचारिकताका लागि मात्र थियो।’ न्युजिल्यान्डले जनवरी १ बाट बंगलादेशविरुद्धको दुई टेस्ट शृंखलाको सुरुआत गर्नेछ।

प्रकाशित: २१ मंसिर २०७८ ०३:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App