१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

चिलिनी चोटले विश्वकप छनोटबाट बाहिर

इटालीका डिफेन्डर तथा कप्तान जर्जियो चिलिनीले चोटका कारण आगामी विश्वकप छनोटअन्तर्गत स्विट्जरल्यान्ड र नर्दन आयरल्यान्डसँगको महत्वपूर्ण खेल गुमाउने भएका छन्।

तिघ्राको चोटबाट रिकभर हुन नसकेपछि चिलिनी बुधबार आगामी विश्वकप छनोटका खेलबाट बाहिरिएका हुन्।

युरोपियन च्याम्पियन टोलीका कप्तान चिलिनीले कतार विश्वकप २०२२ अन्तर्गत छनोटका दुई महच्वपूर्ण खेल नखेल्ने भएका छन्। इटालियन फुटबल फेडेरेसनले पनि बुधबार नै चिलिनीले अभ्यास क्याम्प छोडिसकेको जनाएको छ।

अनुभवी डिफेन्डर चिलिनीबिना इटालीले आगामी शुक्रबार रोममा स्विट्जरल्यान्ड विरुद्ध खेल्दै छ। समूह ‘सी’ मा समान दुई खेल बाँकी छँदा इटाली र स्विट्जरल्यान्डको समान १४ अंक छ। समूहको शीर्ष टोलीले सीधै विश्वकपमा छनोट पाउनेछ। यस समूहबाट यी दुई राष्ट्रको मात्र सीधै विश्वकपमा छनोट हुने सम्भावना छ।

कतार विश्वकप आगामी वर्षको नोभेम्बर र डिसेम्बरमा हुँदै छ,जहाँ छनोटबाट जर्मनी र डेनमार्कले कतारको यात्रा तय गरिसकेका छन्। जर्मनी समूह ‘जे’ र डेनमार्क समूह ‘एफ’ बाट छनोट भएका हुन्।

अहिलेसम्म आयोजक कतारसहित तीन राष्ट्रको मात्र आगामी विश्वकप खेल्ने टुङ्गो लागेको छ। इटालीले समूहको अन्तिम खेल सोमबार नर्दन आयरल्यान्डसँग विन्डसर पार्कमा खेल्दै छ।  

स्विट्जरल्यान्डले भने अन्तिम खेल बुल्गेरियाविरुद्ध उसैको मैदानमा खेल्नेछ। इटालीका प्रशिक्षक रोबर्टो मान्सिनीले चिलिनीसँगै सेन्टर फरवार्ड सिरो इमोबिललाई पनि दुई छनोटमा गुमाउनेछन्।

यी दुवै युरो २०२० को विजेता इटाली टोलीका सदस्य हुन्। तर, द्विविधामा रहेका इन्टर मिलानका मिडफिल्डर निकोलो बारेला भने छनोटका लागि उपस्थित हुने भएका छन्।

रोमाका चोटग्रस्त मिडफिल्डर लोरेन्जो पेलिग्रिनी र निकोलो जानिलोको स्थानमा लाजियोका डानिलो काटाल्डी र एटलान्टाका माटियो पेसिनालाई टोलीमा बोलाइएको छ।

गत शनिबार एटलान्टाले इन्जुरी समयमार्पmत काग्लियरीमाथि २–१ को जित निकाल्दा दोस्रो रोजाइका २४ वर्षे पेसिनाले निर्णायक गोल गरेका थिए। गत अक्टोबरमा एसी मिलानसँग घरेलु मैदानमा हार बेहोरे यता पेसिनाको उक्त खेल पहिलो थियो।

प्रकाशित: २५ कार्तिक २०७८ ०२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App