६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

हिमालयन र जावलाखेलबीच उपाधि भिडन्त

जावलाखेल युथ क्लव (रातो) र संकटा क्लवका खेलाडी बलका लागि प्रतिस्पर्धा गर्दे

मकवानपुर -  ‘ए’डिभिजन क्लब संकटालाई २–० ले पराजित गर्दै जावलाखेल युथ क्लब मकवानपुरको बागमती गाउँपालिका ८, फापरबारीमा जारी तेस्रो बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

उपाधिका लागि जावलाखेल र हिमालयन शेर्पाबीच आइतबार प्रतिस्पर्धा हुनेछ। शनिबार भएको दोस्रो सेमिफाइनलकोे ३२औं मिनेटमा जावलाखेलले पाएको कर्नर किकलाई सुनील बुढाथोकीको हेड पासमा विदेशी खेलाडी दाम्बियाले गोल गर्दै १–० को अग्रता दिलाए। पहिलो हाफमा संकटाले खेललाई बराबरीमा ल्याउन प्रयास गरे पनि असफल रह्यो। पहिलो हाफको मध्यतिर जावलाखेलका रूपबहादुर लामाले गोलपोस्टनजिक पाएको अवसरलाई सदुपयोग गर्न सकेनन्। खेलको अन्त्यतिर ८७औं मिनेटमा साइट पोलमा लागेर फर्किएको बललाई जावलाखेलका रूपबहादुर लामाले पास दिँदा विमल घिसिङले सदुपयोग गर्दै सुन्दर गोल गरी २–० को अन्तर बनाए।

दोस्रो हाफमा रणनीति परिवर्तन गर्दै संकटाले आक्रामक खेल प्रस्तुत गरे पनि गोल फर्काउन सकेन। जावलाखेलको डी बक्सछेउमा फ्रिकिक पाए पनि संकटाले गोलमा परिणत गर्न सकेन। त्यस्तै, संकटाका खेलाडीले ३ पटक पाएको फ्रिकिक बललाई सुन्दर प्रहार गरे पनि गोल पोस्टको पोलमा लागेर फर्किंदा टोली अभागी साबित भयो। त्यस्तै, दोस्रो हाफमा केही सुस्त देखिएको जावलाखेलका विदेशी खेलाडीले पाएको राम्रो अवसरलाई गोल गर्ने प्रयास गरे पनि पोस्टमाथिबाट बल बाहिरियो। संकटाका मेस्सोकेले २ पटक राम्रो अवसर पाए पनि सदुपयोग गर्न सकेनन्। सेमिफाइनलमा जावलाखेल युथ क्लबका दाम्बियाले म्यान अफ दी म्याच हुँदै ५ हजार रुपैयाँ प्राप्त गरे। संकटाका रोशन पहाडी र अर्का खेलाडीले फाउल खेलेको भन्दै रेफ्रीले पहेंलो कार्ड दिए।

प्रतियोगिताको विजेताले ६ लाख, उपविजेताले ३ लाख, शिल्ड र मेडल तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार नगद पाउने बागमती खेलकुद विकास समितिले जनाएको छ। प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्ने जनाइएको छ।

प्रकाशित: ११ फाल्गुन २०७६ ०१:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App