२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

मेयरकप क्रिकेट : रातो टिमको विजयी सुरुवात

इटहरी– इटहरीमा आइतबारदेखि सुरु भएको मेयरकप खेलकुद प्रतियोगिताको उद्घाटन खेलमा इटहरी उपमहानगरपालिकाको रातो टिम विजयी भएको छ। प्रदेशस्तरीय क्रिकेटे खेलमा इटहरी रातो टिमले दुहवी नगरपालिकालाई ५५ रनले पराजित गरेको हो। 

टस जितेर पहिले ब्याटिड् गरेको इटहरीले निर्धारित १६ ओभरको खेलमा ६ विकेट गुमाउँदै १ सय १९ रनको योगफल खडा गरेको थियो। इटहरीलाई सम्मानजनक योगफल खडा गर्नको लागि सरोज कटुवालले ३४,  विकेश बञ्जराले २३ र सुमन पौडेलले १६ रनको योगदान दिए। 

जवाफमा १ सय २० रनको विजयी लक्ष्य पछ्याएको दुहवी नगरपालिकाले ११ दशमलव ४ ओभरमा अलआउट हुँदै ६३ रन मात्र बनाउन सक्यो। दुहवीका लागि चन्दन रौनियारले २६ रन बनाउँदा सुरज रौनियारले १४ रन जोडे। 

इटहरीका लागि खेलको म्यान अफ दि म्याच भुपाल लुइँटेल र सुमित तिमल्सीनाले तीन–तीन विकेट लिदा मनिष दाहालले २ विकेट लिए। 

आइतवार नै भएको अर्को खेलमा विराटनगर उपमहानगरपालिकाले इटहरी हरियोलाई १० रनले पराजित गरेको छ। सोमबार पहिलो खेल बेलबारी नगरपालिका र पथरीनिश्चरे नगरपालिकाबीच हुनेछ। दोस्रो खेल बिर्तामोड नगरपालिका र इनरुवा नगरपालिकाबीच हुनेछ।

इटहरी उपमहानगरपालिकाको संयोजनमा सुरु भएको क्रिकेट प्रतियोगतामा प्रदेश नं. १ का आठ वटा टिम सहभागी छन्। चैत २७ गतेसम्म चल्ने प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५० हजार र ट्रफी प्रदान गरिने छ। यस्तै, दोस्रो हुने टिमलाई २५ हजार र ट्रफी प्रदान गरिने छ। विधागत रुपमा उत्कृष्ट खेलाडीलाई नगद तीन–तीन हजार प्रदान गरिने छ।  यसअघि मेयरकप अन्तर्गत इटहरीमा फुटबल र भलिबल प्रतियोगिता भएका छन्।

प्रकाशित: २४ चैत्र २०७५ १४:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App