२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

दक्षिण अफ्रिका विजयी

करारा – दक्षिण अफ्रिकाले शनिबार अस्ट्रेलियााई २१ रनले पराजित गर्दै एक मात्र ट्वान्टी–२० शृंखला जितेको छ । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १ सय ९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित १० ओभरमा मात्र ७ विकेट गुमाउँदै ८७  रन जोड्न सक्यो।

वर्षाका कारण अम्पायरले खेल १० ओभरमा घटाएका थिए । अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले ३० रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याटस्म्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । यस क्रममा म्याक्सवेलले २३ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए । त्यस्तै ओपनर क्रिस लेनले १० बलमा ३ चौका प्रहार गर्दै १४ रनको योगदान गरे  । दक्षिण अफ्रिकाका क्रिस मोरिस र एन्डेल फेल्युकबायोले समान २ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निमन्त्रणा पाएको दक्षिण अफ्रिकाले निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८ रनको योगफल तयार पारेको थियो।

दक्षिण अफ्रिकाका कप्तान फाप डु प्लेसिसले २७ तथा ओपनर क्विन्टन डी ककले २२ रनको योगदान गरे । १६ बल खेलेका डी ककले २ छक्का प्रहार गर्दा १५ बलको सामना गरेका डु प्लेसिसले ४ चौका प्रहार गरेका थिए । डी ककले पहिलो विकेटका लागि ओपनर रेजा हेन्ड्रिक्ससँग ४२ रनको साझेदारी गर्दै दक्षिण अफ्रिकालाई गतिलो सुरुआत दिलाएका थिए । ८ बलमा हेन्ड्रिक्सले ३ चौका र १ छक्काको मद्दतमा १९ रनको योगदान गरेका थिए।

प्रकाशित: २ मंसिर २०७५ ०३:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App