सोची – जर्मनीविरुद्ध सोची भ्रमणमा निस्कन लागेको स्विडिस टोलीका तीन खेलाडी अस्वस्थ भएका छन्। स्विडेनका प्रशिक्षक याने एन्डरसनले रक्षक पोन्टस यान्सन, फिलिप हेलान्डरसँगै मिडफिल्डर मार्कुस रोहडिन पेटको समस्याले अस्वस्थ भएको बताएका हुन्।
रोग फैलिने डरले बिरामी खेलाडीलाई बसेको स्थलमा नै छोडेर प्रशिक्षण स्थल निस्किएको एन्डरसनले बताएका हुन्। प्रशिक्षकले जर्मनविरुद्ध खेल हुने समयसम्म उनीहरू निको हुने अपेक्षा गरेका छन् । ‘हामीले उनीहरूलाई आराम गर्न छोडेर निस्किएका हौं,’ प्रशिक्षक एन्डरसनले भने, ‘अस्वस्थ उनीहरूलाई हाम्रो यात्रामा सहभागी बनाएनौं । उनीहरू शनिबार यात्रा गर्नेछन्।’
स्विडेन टोलीका चिकित्सकले उनीहरूको उपचार भइरहेको र छिट्टै निको हुने बताएका छन् । तर कारणबारे केही खुलाएका छैनन् ।
समूह चरण पहिलो खेलमा स्विडेनविरुद्ध १–० को नतिजा हात पारेको स्विडेनले शनिबार जर्मनीविरुद्ध खेल्दै छ।
प्रकाशित: ८ असार २०७५ २०:२५ शुक्रबार