१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

ग्रिजम्यानले एट्लेटिको नछोड्ने

मड्रिड – फ्रान्सेली टोलीका स्ट्राइकर एन्टोनी ग्रिजम्यानले बिहीबार एट्लेटिको मड्रिड नछाड्ने बताएका छन्।

स्पेनिस क्लब बर्सिलोना सरुवा हुने या नहुने भन्ने विषयमा ग्रिजम्यानले विश्वकप सुरु हुनु पूर्व निर्णय लिने यस अघि बताएका थिए । त्यसअनुसार बिहीबार उनले एट्लेटिको नछाड्ने बताएका हुन् । उनले भने, ‘एट्लेटिको मड्रिड नै बस्ने निर्णय लिएको छु।’

बार्सिलोनाका अध्यक्ष जोसेप बार्टोमेउले अक्टोबरमा ग्रिजम्यानका प्रतिनिधिसँग सम्भावित सरुवाको विषयमा छलफल गरेका थिए । सोही अवसरमा उनले विश्वकप सुरु हुनु पूर्व निर्णय गर्ने वाचा गरेका थिए।

२०१४ बाट एट्लेटिको मड्रिडमा अनुबन्ध भएका ग्रिजम्यानले १ सय ४२ खेल खेल्दै ७९ गोल गर्न सफल भएका छन् । २७ वर्षे ग्रिजम्यानले फ्रान्सका लागि ५४ खेलमा २० गोल गरेका छन् । वितेको सिजनमा उनले क्लबका लागि ४९ खलमा २९ गोल गरेका थिए । उनले युरोपा लिगको फाइनलमा मार्सेविरुद्ध ३–० को जित निकाल्दा दुई गोल गरेका थिए।

समूह ‘सी’मा रहेको उनको टोली फ्रान्सले शनिबार अस्ट्रेलियासँग खेल्दै रुस विश्वकप सुरुआत गर्नेछ । समूहमा अस्ट्रेलिया, पेरु र डेनमार्क पनि छन्।

प्रकाशित: १ असार २०७५ १९:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App