५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

पहिल्यै अमेरिका आउने चाहना

लस एन्जल्स – स्विडेनका स्ट्राइकर ज्लाटान इब्राहिमोभिचले इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा आबद्ध हुनुअघि नै मेजर लिग सकर(एमएलएस) आउन चाहेको खुलासा गरेका छन्।

गत साता ओल्ड ट्राफोर्ड बसाइ टुङ्ग्याउँदै एमएलएसको क्लब एलए ग्यालेक्सीमा आबद्ध भए पनि शनिबार औपचारिक रूपमा क्लबमा उपस्थित भएका इब्राहिमोभिच दुई वर्षअघि पेरिस सेन्ट जर्मन(पिएसजी)बाट युनाइटेडमा आबद्ध भएका थिए । क्लबसँगको सम्झौता समाप्त हुन अझै तीन महिना बाँकी भए पनि उनले क्लबसँगको सहमतिमै एल ग्यालेक्सी जाने निर्णय गरेका थिए । युनाइटेडबाट ५३ खेल खेलेका ३६ वर्षे इब्राहिमोभिचले २९ गोल गरेका थिए।

‘मैले पिएसजी छोडेपछि नै एमएलएस लिग खेल्ने सोचेको थिएँ । म यहाँ आउदै आफ्नो क्षमता प्रमाणित गर्न चाहन्थे,’ इब्राहिमोभिचले भने, ‘ ‘नयाँ क्लब, सहयात्री र लिग भए पनि म स्वाभाविक लयअनुसार उत्कृष्ट प्रदर्शन गर्दै क्लबलाई धेरैभन्दा धेरै सफलता दिलाउन चाहन्छु,। जित मेरो रगतमा छ । मेरो एउटै उद्देश्य भनेको उपाधि जित्ने हो र यसका लागि उत्कृष्ट प्रदर्शन गर्न आवश्यक छ । म भाग्यमा विश्वास गर्दिनँ।’

युनाइटेडबाट पहिलो सिजन ४६ खेलमा सहभागी हुँदै २८ गोल गरेका इब्राहिमोभिचले यस सिजन भने घुँडाको चोटका कारण अधिकांश समय मैदानबाहिर बस्न बाध्य भएका थिए । उनले यस सिजन सात खेलमा सहभागिता जनाउँदै एक गोल मात्र गरेका छन् ।
स्विडेनबाट १ सय १६ खेल खेल्दै ६२ गोल गरेका ३६ वर्षे इब्राहिमोभिच सातवटा क्लबबाट च्याम्पियन्स लिग खेल्ने पहिलो खेलाडी हुन्।

प्रकाशित: १८ चैत्र २०७४ ०४:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App