१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

ओमानलाई ५५ रनले हराउँदै युएई च्याम्पियन

एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिता अन्तर्ग आज भएको फाइल खेलमा घरेलु टिम ओमानलाई ५५ रनले पराजित गर्दै युएई च्याम्पियन बनेको छ। 

उपाधिसँगै युएई एसिया कप २०२५ का लागि छनोट भएकाे छ। जितका लागि युएइले दिएको २०५ रनको लक्ष्य ओमानले ९ विकेटको क्षतिमा १४९ रनमात्र बनाउन सक्याे।

ओमानका लागि प्रतिक अथाभसरेले सर्वाधिक ४९ रन जोडे। बलिङमा युएईका जुनेद सिद्दिकीले तीन विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको युएईले निर्धारीत २० ओभरको खेलमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो। युएईका कप्तान मोहमद वासीमले शतक प्रहार गरे।

प्रतियोगितामा नेपाल भने सेमिफाइनलबाटै बहिरिएकाे थियाे। युएईसँग पराजित हुँदा नेपाल एसिया कपमा छनोट अफल भएको थियो। तेस्रो स्थानका लागि हङकङसँग भएकाे खेलमा पनि नेपालको ब्याटिङ नचलेपछि एसिसी इमर्जिङ टिम्स एसिया कप पनि गुमाएको थियो।

प्रकाशित: ९ वैशाख २०८१ २०:११ आइतबार