१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

अपराजित नेपाल सउदीसँगको रोमान्चक जितसँगै सेमिफाइनल प्रवेश

वर्षाका कारण ८ ओभरमा समेटिएको एसीसी प्रिमियर कप टी–२० क्रिकेट अन्तर्गत साउदी अरबविरुद्धको आजको खेल नेपालले ६ विकेटले जितेको छ। नेपालले चार बल बाँकी रहँदै जित हात पारेको हो।

याे जितसँगै नेपाल एसीसी प्रिमियर कप टी–२० क्रिकेट अहिलेसम्मका ४ वटै खेलमा अपराजित रह्याे। टस हारेर व्याटिङ गरेको साउदीले ८ ओभरको समाप्तिमा ७ विकेट गुमाएर ७३ रन बनाएको थियो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ९ बलमा १७ रन बनाएर आउट भए। दुई बलको सामना गरेका कुशल भूर्तेल शून्यमा आउट भएका थिए भने आसिफ शेखले ३ बल खेलेर २ रन मात्र बनाउन सफल भएका थिए। कुशल मल्ल ५ बल खेलेर २ रन बनाएर बोल्ड भए।

नेपालका तर्फबाट करण केसीले २, अविनाश बोहराले २, ललित राजवंशी र प्रतिश जीसीले समान १/१ विकेट लिए।

वर्षाका कारण मैदान भिजेको हुँदा नेपाल र साउदी अरबबीचको खेल ढिलो सुरु भएको थियो। ओमानको अल अमेरात क्रिकेट ग्राउन्डमा ११ः४५ बजेका लागि खेल समय तोकिए पनि मैदान भिजेका कारण ढिलो भएको हो।

वर्षाका कारण खेलमा ढिलाई भएका कारण २० ओभरको खेल ८ ओभरमा सिमित गरिएको थियाे।

प्रकाशित: ५ वैशाख २०८१ १५:५२ बुधबार