२३ असार २०८१ आइतबार
image/svg+xml
खेल

अर्धशतक बनाउनबाट चुके केसी, नेपालले आठौँ विकेट गुमायो

आइसिसी अन्डर–१९ विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशसँगको खेलमा नेपाली ब्याटर विशालविक्रम केसीले अर्धशतक बनाउनबाट चुकेका छन्। उनी ४८ रनको व्यक्तिगत स्कोरमा आउट हुन पुगेका छन्।

सामुन्नेमा धमाधम विकेट गइरहँदा धैर्यतापूर्ण गरिरहेका केसीले एक सयौँ बल रोहनाहत दोल्लाह बोर्सनको बलमा बोल्ट भए।

नेपालले २९ रनमा तीन विकेट गुमाएको अवस्थामा क्रिजमा आएका केसी चौथो विकेटका लागि कप्तान देव खनालसँग अर्धशतकीय साझेदारी गरेका थिए। २८ औँ ओभरको चौथो बलमा कप्तान खनाल आउट भएपछि त्यसपछि क्रिजमा आएका ब्याटरहरू धमाधम आउट हुँदै गए। तर केसी भने अहिलेसम्म सम्हालिएर ब्याटिङ गर्दै आएका थिए। 

अहिले ४४ ओभरको खेल सकिदा नेपालको स्कोर ८ विकेट गुमाएर १३९ रन छ।

प्रकाशित: १७ माघ २०८० ११:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App