२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

यू–१९ विश्वकप :न्युजिल्यान्डविरुद्ध नेपालले लगातार तीन विकेट लियो,गुल्सनले लिए दुई विकेट

यू–१९ विश्वकप अन्र्तगत नेपाललाई न्युजिल्यान्डविरुद्ध लगातार तेस्रो  हात लागेको छ । ४१ दशमलब ५ ओभरमा नेपालका बलर आकाश त्रिपाठीले चाैथौ विकेटको रुपमा न्युजिल्याण्डका कप्तान सेट ज्याक्सनलाई ७५ रनमा आउट गरेका हुन । नेपालका लागि  पाँचौ र छैठौ  विकेट गुल्सन झाले लिएका हुन । 

उनले न्युजिल्याण्डका दुई व्याटरलाई सुन्य रनमा आउट गरे । न्युजिल्याण्डले पाँचौ विकेट गुमाउँदा २२४ र छैठौ विकेट गुमाउँदा २२५ रन बनाएको थियो।

ताजास्थीतीमा भने  न्यूजिल्याण्डले ४४ ओभरमा ६  विकेट गुमाएर  २३८ न बनाएको छ ।  

नेपालले पहिलो  विकेट १० दशमलब १ ओभरमा , दोस्रो विकेट १३ दशमलब ५ ओभरमा तथा तेस्रो विकेट  १४ दशमलब ३ ओभरमा लिएको हो।न्युजिल्याण्डले पहिलो विकेट गुमाउँदा ५३ रन दोस्रो विकेट गुमाउँदा ६६ रन तथा तेस्रो विकेट गुमाउँदा ६७ रन बनाएको थियो । नेपालका लागि पहिलो विकेट शुभाष भण्डारीले दोस्रो विकेट तिलक भण्डारीले तथा तेस्रो विकेट दिपेश कडेलले लिएका हुन।

नेपालको समूहमा रहेको पाकिस्तानले हिजो अफगानिस्तानलाई हराएको थियो।  

नेपाली  टोलीः  

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलसन झा, दिपेशप्रसाद कंडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दीपक बोहोरा, उत्तम थापामगर, विपिन रावल, तिलकराज भण्डारी, दीपक बोहोरा, आकाश चन्द

प्रकाशित: ७ माघ २०८० ११:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App