१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

स्पेनिस टेनिस खेलाडी नडालले अस्ट्रेलियन ओपन नखेल्ने

स्पेनिस टेनिस खेलाडी रफाल नडालले सन् २०२४ को अस्ट्रेलियन ओपनबाट नाम फिर्ता लिएका छन्। टुर्नामेन्ट सुरु हुनुभन्दा केही समय अघि मात्रै उनले आफ्नो नाम फिर्ता लिएका हुन्।

उनले यसको जानकारी आफ्नो सामाजिक सञ्जाल एक्समार्फत् दिएका छन्।

उनले लेखेका छन्, ‘ब्रिसबेनमा भएको पछिल्लो म्याचमा मांसपेशीमा समस्या आएको थियो। जसका कारण म चिन्तित छु। मेलबर्न पुगेर मैले एमआरआई गराए। जसमा मेरो मांशपेशीमा चोट देखिएको छ। जसका कारण म टुर्नामेन्टमा राम्रो प्रदर्शन गर्न सक्दिन। त्यसकारण म स्पेन फर्किँदै छु।’

रफाएल नडाललाई गत वर्षको सुरुआतमा पनि मांसपेशिमा चोट लागेको थियो। जसका कारण उनी लामो समय कोर्टभन्दा बाहिर थिए।

प्रकाशित: २३ पुस २०८० ०२:५० सोमबार

स्पेनिस टेनिस खेलाडी रफाल नडाल रफाल नडाल अस्ट्रेलियन ओपन