१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

१० वर्षपछि नेपाल ट्वान्टी–२० विश्वकपमा

नेपाल १० वर्षपछि आइसिसी ट्वान्टी–२० विश्वकपमा छनोट भएको छ।

मूलपानी क्रिकेट मैदानमा शुक्रबार भएको आइसिसी ट्वान्टी–२० विश्वकप छनोट (एसिया क्वालिफायर) को सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई आठ विकेटले हराउँदै नेपालले उपाधि यात्रा तय गरेसँगै विश्वकपमा स्थान बनाएको हो।

पछिल्लो पटक सन् २०१४ मा बंगलादेशमा सम्पन्न आइसिसी ट्वान्टी–२० विश्वकप खेलेको नेपालले अब सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकाले आयोजना गर्ने ट्वान्टी–२० विश्वकप खेल्नेछ। १३५ रनको लक्ष्य पछ्याएको नेपालले दुई विकेटको क्षतिमा १७.१ ओभरमा पूरा गर्‍यो।

नेपालको जितमा आसिफ शेखले ६३ रन र रोहितकुमार पौडेल ३४ रनमा अविजित रहँदै जित दिलाए।

प्रकाशित: १७ कार्तिक २०८० ०८:३१ शुक्रबार

आइसिसी ट्वान्टी–२० विश्वकप