२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाविरुद्ध पाकिस्तान २७० रनमा अल आउट

विश्वकप क्रिकेटमा अफ्रिकाविरुद्ध पाकिस्तान २७० रनमा अल आउट भएको छ।भारतको एमए चिदम्बरम् क्रिकेट स्टेडियममा भएको खेलमा  पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्दै ४६ दशमलब ४ ओभरमा २७० रन बनाउँदा सबै विकेट गुमायो।

 पाकिस्तानका लागि सबैभन्दा वढि सऊद शकील ५२ रन बनाए । त्यसैगरी कप्तान बाबर आजमले ५० रनको योगदान दिए । मोहम्मद रिज़वान ३१ रनमा , शादाब ख़ान ४३ रनमा , मोहम्मद नवाज़ २५ रनमा आउट भए ।  

दक्षिण अफ्रिकाका लागि तबरेज़ शम्सीले ४ विकेट,मार्को यानसनले ३ विकेट,जेराल्ड कट्ज़ीले २ विकेट तथा लुंगिसानी एनगिडीले १ विकेट लिए।  

जारी लिगमा दक्षिण अफ्रिकाले राम्रो प्रदर्शन गर्दै आएको छ भने पाकिस्तानले खासै राम्रो प्रदर्शन गर्न सकेको छैन।दुबै टोलीले समान ५ खेल खेलेको छ। दक्षिण अफ्रिकाले ५ खेलमा ४ मा जित हात पारेको छ भने पाकिस्तानले २ खेलमा मात्रै जित हात पारेको छ।

प्रकाशित: १० कार्तिक २०८० १२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App