२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट : भारत र अष्ट्रेलियाविचको खेल जारी,अष्ट्रेलिया पहिलो ब्याटिङ गर्दै

आइसिसी विश्वकप क्रिकेट अन्र्तगत अहिले आयोजक भारत र अष्ट्रेलियाविच खेल भइरहेको छ।भारतकोचेन्नईमा भइरहेको यो खेलमा अष्ट्रेलियाले टस जितेर पहिला ब्याटिङ  गरिरहेको छ।ताजास्थीतीमा पाँचपटकको विजेता अष्ट्रेलियाले ७ ओभर ३ बलमा १ विकेट गुमाएर  २० रन बनाएको छ । 

अष्ट्रेलियाका सुरुवाती व्याटर मिचेल मार्श २ ओभर २ बलमा ० रन बनाएर भारतका बलर जस्प्रित बुमराहबाट आउट भए । पहिलो विकेट खस्दा अष्ट्रेलिया जम्मा ५ रन बनाएको थियो । 

विश्वकपमा हेड टु हेड  

विश्वकपमा भारत र अष्ट्रेलियाबीच १२ खेल भएको छ । जसमा भारत ४ खेलमा विजयी हुँदा ८ खेलमा पराजित भएको छ । पछिल्ला पाँच ओडिआई खेलमा भारत २ खेलमा विजयी हुँदा ३ खेलमा पराजित भएको छ।

अष्ट्रेलियाको प्लेइङ ११

प्याट कमिन्स (कप्तान), एलेक्स केरी, क्यामरन ग्रीन, मार्नस लाबुसेन, जोश हेजलवुड, मिचेल मार्श, ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, मिचेल स्टार्क, डेविड वार्नर र एडम जाम्पा।

भारतको प्लेइङ ११

रोहित शर्मा (कप्तान), हार्दिक पान्ड्या, विराट कोहली, श्रेयस ऐर, लोकेश राहुल, रविन्द्र जडेजा, जस्प्रित बुमराह, मोहम्मद शिराज, कुलदीप यादव, रविन्द्रन आश्विन र ईशान किशन।

प्रकाशित: २१ आश्विन २०८० ०९:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App