२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

एसिया कप क्रिकेट : पाकिस्तान विरुद्ध भारत पहिला ब्याटिङ गर्दै

एसिया कप क्रिकेट अन्तर्गत अहिले भारत र पाकिस्तान प्रतिस्पर्धा भईरहेको छ।  

श्रीलंकाको केन्डीमा भएको यो खेलमा  भारत पहिला ब्याटिङ गर्दैछ। भारतका कप्तान रोहित शर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

पहिलो खेलमा नेपाललाई हराएको पाकिस्तान आजको खेलमा जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउने योजनामा छ।भारत पनि आजको खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा छ। 

पाकिस्तानको प्लेइङ ११ :

फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान) मोहम्मद रिजवान (विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।

भारतको प्लेइङ ११ :

रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, ईशान किशन, हार्दिक पान्ड्या, मोहम्मद शिराज, शार्दुल ठाकुर, जस्प्रित बुमराह, रविन्द्र जडेजा र कुलदीप यादव

प्रकाशित: १६ भाद्र २०८० ०९:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App