४ मंसिर २०८१ मंगलबार
image/svg+xml
खेल

प्रशिक्षकमा पनि जम्दै जिदान

मड्रिड – फ्रान्सका महान् हस्ती जिनेदिन जिदानले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेको १७ महिना मात्र भएको छ । यसबीचमा उनी रियाल मड्रिडलाई च्याम्पियन्स लिग उपाधि जिताउनबाट एक खेल मात्र टाढा छन् । 

रियालका पूर्वफरवार्डका लागि यो अविश्वसनीय उपलब्धि हो । उनले यस सिजन रियाललाई पाँच वर्षपछि पहिलो पटक स्पेनिस ला लिगाको उपाधि जिताए भने युरोपियन कप र क्लब विश्वकपको उपाधि पनि भिœयाएका छन् । मुख्य प्रशिक्षक भएको दोस्रो सिजनमै जिदानले यो उपालब्धि हासिल गरेका हुन् ।

‘उनी विश्वकै उत्कृष्ट खेलाडी थिए । अब खेलाडीजस्तै प्रशिक्षकका रूपमा पनि उनले सफलता हासिल गरिरहेका छन्,’ २०१२ पछि पहिलो पटक ला लिगाको उपाधि जितेपछिको विजयोत्सवका क्रममा रियालका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले जिदानबारे भनेका थिए, ‘तिमीले हाम्रा लागि दिएको सबै सफलताका लागि धन्यवाद जिदान । र अहिले पनि हाम्रा लागि दिइरहेका छौ ।’

४४ वर्षे जिदानले खेलाडीका रूपमा पनि रियाललाई च्याम्पियन्स लिगको उपाधि जिताएका थिए । स्कटल्यान्डमा भएको युरोपियन प्रतियोगिताको फाइनलमा उनले बायर लेभरकुसनविरुद्ध भलीमा गोल गरेका थिए । त्यति बेला गोल गर्दा जिदानमा जुन जोस थियो अहिले प्रशिक्षक हुँदा त्यसमा कमी आएको छैन।

जिदानले २०१६ मा राफेल बेनिटेजलाई प्रतिस्थापन गर्दै प्रशिक्षकको करियर सुरु गरेका थिए । त्यसपछि उनको प्रतिस्पर्धात्मक जीवनी पुनः सुरु भएको छ । कहिल्यै उचो स्वरमा कुरा नगर्ने जिदानले खेलाडीको मनोबल भने उच्च बनाएका छन्, चाहे त्यो मैदानमा होस या मैदानबाहिर।

केही फरक शैली प्रयोग गरेका जिदान सफल पनि भए । सिजनका केही महत्वपूर्ण समयमा खेलाडी परिवर्तन गर्नमा पनि उनलाई सफलता मिलेको छ । उनले क्रिस्टियानो रोनाल्डोजस्ता खेलाडीलाई पनि कतिपय खेलमा आराम गराएका थिए, जुन अघिल्लो सिजनमा देखिएको थिएन ।

‘सानै उमेरबाट जिदान मेरो आदर्श खेलाडी हुन् । मेरो शयनकक्षमा उनको पोस्टर राख्ने गर्थें,’ रियालका मिडफिल्डर मार्को एसेन्सियोले भने, ‘अहिले उनलाई प्रशिक्षकको रूपमा पाउँदा गर्व लाग्छ । उनीबाट सिक्न वा उनको सल्लाहमा हिँड्न पाउनु अश्विसनीय छ ।’

कार्डिफमा शनिबार हुने फाइनलको प्रतिद्वन्द्वी टोली युभेन्ट्ससँग पनि जिदानको नजिकको सम्बन्ध छ । उनले इटालियन क्लब युभेन्ट्सका लागि लगातार दुई च्याम्पियन्स लिग फाइनल खेलेका थिए । जसमध्ये दुवैमा उपविजेतामा चित्त बुझाउनुपरेको थियो । त्यसमध्येको एक १९९८ को फाइनलमा उनी रियालसँगै हारेका थिए ।

युभेन्ट्समा पाँच वर्ष बिताएका जिदानले रियाल जानुअघि दुई इटालियन सिरी ‘ए’ को उपाधि जितेका थिए । उनले रियाल र युभेन्ट्स दुवैका लागि १ सय ५० भन्दा बढी खेल खेलका छन् ।

शनिबार जिदान लगातार दुई पटक च्याम्पियन्स लिगको उपाधि जित्ने पहिलो प्रशिक्षक बन्ने तयारीमा छन् । रियालले जिते १९९२÷९३ मा च्याम्पियन्स लिगले नयाँ स्वरूप लिएपछि लगातार उपाधि जित्ने पहिलो क्लब बन्नेछ । २०१४ मा कार्लो एन्सेलोट्टीको प्रशिक्षणमा रियालले एट्लेटिको मड्रिडलाई हराउँदै उपाधि जित्दा जिदान सहायक प्रशिक्षकका रूपमा थिए । त्यसपछि रियालको मुख्य प्रशिक्षक बन्नुअघि जिदानले ‘बी’ टोलीलाई प्रशिक्षण दिएका थिए ।  

केही फरक शैलीे प्रयोग गरेका जिदान सफल पनि भए । सिजनका केही महत्त्वपूर्ण समयमा खेलाडी परिवर्तन गर्नमा पनि उनलाई सफलता मिलेको छ । उनले क्रिस्टियानो रोनाल्डोजस्ता खेलाडीलाई पनि कतिपय खेलमा आराम गराएका थिए, जुन अघिल्लो सिजनमा देखिएको थिएन ।

 

प्रकाशित: १७ जेष्ठ २०७४ ०६:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App