२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

साठी वर्षपछि ब्राजिलमा युरोपेली प्रशिक्षक

कार्लाे एन्सेलोट्

रियाल मड्रिडका इटालियन प्रशिक्षक कार्लाे एन्सेलोट्टी ब्राजिलको राष्ट्रिय फुटबल टोलीको पछिल्लो ६० वर्षे इतिहासमा पहिलो विदेशी प्रशिक्षक बन्ने भएका छन्।

६४ वर्षे एन्सेलोट्टीको रियालसँग करार सम्झौता बाँकी छ। यद्यपि, उनले ब्राजिलको टोली सम्हाल्नु पाउनुलाई सम्मानको रूपमा रहेको प्रतिक्रिया दिएका छन्। अमेरिकामा आगामी जुन २०२४ देखि हुने कोपा अमेरिकाका लागि उनले ब्राजिलको टोली सम्हाल्ने सम्भावना रहेको सञ्चार माध्यमले जनाएका छन्।

फुटबलप्रेमी ब्राजिल सन् २०२६ मा छैटौं पटक विश्वकप ट्रफी उचाल्ने लक्ष्यसहित युरोपियन फुटबलकै सफल प्रशिक्षक भिœयाउने योजनामा छ। सन् २००२ यता ब्राजिलले विश्वकप उपाधि जित्न सकेको छैन। २०२२ को विश्वकप पनि ब्राजिलका लागि सुखद बन्ने सकेन।

रियाल मड्रिडका इटालियन प्रशिक्षक कार्लाे एन्सेलोट्टी ब्राजिलको राष्ट्रिय फुटबल टोलीको पछिल्लो ६० वर्षे इतिहासमा पहिलो विदेशी प्रशिक्षक बन्ने भएका छन्।

पाँच पटकको विश्वविजेता ब्राजिल क्रोएसियासँग स्तब्ध हुँदै क्वार्टरफाइनलबाटै आउट भएको थियो। यद्यपि, सोही महादेशको कट्टर प्रतिद्वन्द्वी अर्जेन्टिनाले भने विश्वकप उपाधि उचाल्यो। कतार विश्वकपमा असफलतापश्चात् ब्राजिलका प्रशिक्षक टिटे जिम्मेवारी छाड्न बाध्य भए।

विश्वकपमा लगातार असफलताकै कारण ब्राजिलले टोलीमा युरोपियन प्रशिक्षक भित्र्याउन लागेको हो। ब्राजिलियन फुटबल फेडेरेसन (सिबिएफ) का प्रमुख इडनाल्डो रोड्रिग्वेजसँगको सहमतिपछि एन्सेलोट्टी ब्राजिलियन टोली सम्हाल्न तयार रहेको बुझिएको छ।

पाँच पटकको विश्वविजेता ब्राजिल क्रोएसियासँग स्तब्ध हुँदै क्वार्टरफाइनलबाटै आउट भएको थियो। यद्यपि, सोही महादेशको कट्टर प्रतिद्वन्द्वी अर्जेन्टिनाले भने विश्वकप उपाधि उचाल्यो। कतार विश्वकपमा असफलतापश्चात् ब्राजिलका प्रशिक्षक टिटे जिम्मेवारी छाड्न बाध्य भए।

रोड्रिग्वेजको युरोपियन प्रशिक्षक खोजीको सूचीमा उनी शीर्ष स्थानमा थिए। करिब ३० वर्षदेखि प्रशिक्षण पेसा समाल्दै आएका एन्सेलोट्टीले रियाल नै उनका लागि अन्तिम हुने बताएका थिए।

ट्रफीहरू जित्ने एन्सेलोट्टीको रेकर्डका कारण मात्र उनलाई रोजाइमा नराखिएको ब्राजिलियन फुटबलको आशय छ। खेलाडीहरूसँग राम्रो सम्बन्ध, शान्त स्वभाव र फुटबल विकास उनको क्षमताका कारण एन्सेलोट्टीलाई रोजाइमा राखिएको ब्राजिलियन फुटबलकर्मीको भनाइ छ।

 ‘हामी एन्सेलोट्टीसँग उनको रेकर्डका कारण मात्र जोडिन खोजेका होइनौं। यद्यपि, उनको स्वभाव र शैलीका कारण हामीले उनलाई रोजेका हौं। एन्सेलोट्टीसँग काम गरेकाले उनीबारे राम्रोसँग बुझेका छन्। उनी आफैं पनि ब्राजिलको फुटबलप्रति सद्भाव राख्छन्,’ रोड्रिग्वेजले एक सञ्चारमाध्यमसँगको कुराकानीका क्रममा भनेका थिए।

ट्रफीहरू जित्ने एन्सेलोट्टीको रेकर्डका कारण मात्र उनलाई रोजाइमा नराखिएको ब्राजिलियन फुटबलको आशय छ।

ब्राजिलको फुटबलप्रति एन्सेलोट्टी सद्भाव सन् १९९४ को विश्वकप फाइनलदेखि हो। जुन फाइनलमा इटाली ब्राजिलसँग पेनाल्टी सुटआउटमा स्तब्ध भएको थियो। त्यतिबेला उनै एन्सेलोट्टी इटालीको सहायक प्रशिक्षक थिए।

एन्सेलोट्टीले ब्राजिलकै खेलाडीसँग रियाल मड्रिडमा सँगै काम पनि गरेका छन्। भिनियस जुनियर, रोड्रिगो र इडर मिलिटाओ अहिले रियालका महत्वपूर्ण खेलाडी हुन्। एन्सेलोट्टी चौथो गैरब्राजिलियन प्रशिक्षक बन्नेछन्।

पछिल्लो पटक विदेशी प्रशिक्षकका रूपमा अर्जेन्टिनाका फिल्पो नुनेजले १९६५ मा ब्राजिल फुटबल टोलीको प्रशिक्षण समालेका थिए। टिटेले जिम्मेवारी छाडेपछि रामोन मेनेजेजले कार्यवाहक प्रशिक्षकको जिम्मेवारी लिएका थिए।

ब्राजिलको फुटबलप्रति एन्सेलोट्टी सद्भाव सन् १९९४ को विश्वकप फाइनलदेखि हो। जुन फाइनलमा इटाली ब्राजिलसँग पेनाल्टी सुटआउटमा स्तब्ध भएको थियो। त्यतिबेला उनै एन्सेलोट्टी इटालीको सहायक प्रशिक्षक थिए।

यद्यपि, गत बुधबार मात्र फेडेरेसनले फ्लुमिनेन्सका प्रशिक्षक फर्नान्डो डिनिजले आगामी दिनमा प्रशिक्षण जिम्मेवारी सम्हाल्ने जनाएको थियो। ‘फर्नान्डो डिनिजले आगामी दिनमा ब्राजिलियन टोली समाल्नेछन्। मलाई विश्वास छ, उनले आफ्नो करियर नयाँ उचाइमा पुर्‍याउन राम्रो मिहिनेत गर्नेछन्,’ रोड्रिग्वेजले भनेका थिए।

४९ वर्षे प्रशिक्षक फर्नान्डोले विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिका छनोटको खेलमा विश्वकप च्याम्पियन अर्जेन्टिना र उरुग्वेसँगको खेलमा जिम्मेवारी समाल्ने भएका छन्। ब्राजिलले छनोट चरण आगामी सेप्टेम्बरदेखि सुरुआत गर्नेछ। जहाँ ब्राजिलले घरेलु मैदानमा बोलिभिया र अवे खेलमा पेरुसँग प्रतिस्पर्धा गर्नेछन्। 

प्रकाशित: २१ असार २०८० ०२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App