२४ असार २०८१ सोमबार
image/svg+xml
खेल

ए डिभिजन लिग :आर्मीलाई खुमलटारले हरायो

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा एफसी खुमलटारले त्रिभुवन आर्मी क्लबलाई हराएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा खुमलटारले आर्मीलाई ३- २  गोल अन्तरले हराएको हो।

खुमलटारको लागि  मेसुके ओलुमोउले दुई गोल गरे । कप्तान रेजिन सुब्बाले एक गोल थपे।आर्मीका नवयुग श्रेष्ठ र सुशान्त चौधरीले एक एक गोल फर्काए।

खुमलटारको यो तेस्रो जित हो।जितसँगै खुमलटारले ९ खेलमा १० अंक जोडेको छ।आर्मीको यो तेस्रो हार हो। आर्मीले ९ खेलमा १२ अंक जोडेको छ।

प्रकाशित: २ वैशाख २०८० १५:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App