२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

दशैँ मनाउन उपत्यकाबाट तीन लाख नागरिक बाहिरिए

फाइल तस्बिर

दशैँका लागि गाउँघर जानेको सङ्ख्या बढ्न थालेको छ।  

घटस्थापनादेखि अहिलेसम्म झण्डै तीन लाख जनाले काठमाण्डौ उपत्यका छाडेका छन्। काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार निजी तथा सार्वजनिक गाडीमार्फत झण्डै ३ लाख यात्रु बाहिरिसकेका छन्।

गएको २४ घण्टामा ७१ हजार सात सय ६३ जना उपत्यकाका विभिन्न नाका हुँदै बाहिरिएका छन्। उपत्यका छोड्नेको सङ्ख्या आजदेखि अझ बढ्ने छ।

ट्राफिक प्रहरीले उपत्यकाका चारैतिरका नाकामा बाहिरिने यात्रुको रेडर्क राख्ने गर्दछ। चाबहिल, जगाती, बल्खु, थानकोटलगायत नाकाबाट निजी तथा सार्वजनिक यातायातमा बाहिरिनेको सङ्ख्या संकलन गरिन्छ ।

यसपालिको दशैँंको बेला झण्डै २० लाख जनाले उपत्यका छोड्ने अनुमान गरिएको छ।

प्रकाशित: १३ आश्विन २०७९ ०४:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App