२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

बाजुराकाे बुढीगंगामा विवाद हुँदा हवाई फायर

बुढीगंगा नगरपालिका–९ को मतदानकेन्द्रमा सामान्य विवाद भएको छ। नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच मतदानको विषयलाई लिएर विवाद भएपछि तनावको स्थिति सिर्जना भएको हो। दुईपक्षका कार्यकर्ता बीच भएको सामान्य विवादमा प्रहरीले हवाई फायर गरेको छ।

बुढीगंगा नगरपालिका–९ को त्रिशक्ति मावि मतदान केन्द्रमा तनाव सिर्जना हुने भन्दै प्रहरीले हवाय फायर गरेपछि करिब १५ मिनेट मतदान स्थगित भएको थियो। पुनः अवस्था सामान्य भएर मतदान पनि सुचारु भइसकेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताएका छन्।  

विवादरहीत शान्त वातावरणमा निर्वाचन गराउन प्रहरीले हवाइ फायर गरेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीको भनाई छ। ‘केहीबेर सामान्य भनाभना हुने गरि विवाद भयो। त्यसलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपरेको हो,’ अधिकारीले भने।  

३० वैशाखमा स्थगित भएको चुनाव बिहीबार विहान ७ बजेदेखि पुनः मतदान भइरहेको छ। फर्जी मत खसाएको विषयलाई लिएर दलका कार्यकर्ताहरुबीच विवाद भएपछि दोहोरो विाद भएको प्रहरीले बताएको छ।  

विवादमा धरपकड हुँदा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार भरतबहादुर थापा र मतदाता सीता थापाको टाउकोमा सामान्य चोट लागेको खबर प्राप्त भएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले जानकारी दिएका छन्।

विवाद साम्य पार्न प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरिएको हो। मतदानस्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र राष्ट्रिय अनुसन्धानसहितका गरी एक सयभन्दा बढीको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

यसअघि वैशाख ३० गतेको मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो। बुढीगंगाको मेयरमा एमालेबाट रामबहादुर बाँनिया उम्मेदवार छन् भने कांग्रेसबाट रंगबहादुर खाती प्रमुख पदका उम्मेदवार छन्।

यस्तै बुढीगंगा नगरपालिका ४ को मतदान केन्द्रमा पनि फर्जी मत हाल्ने प्रयास भइरहेको बताइएको छ। बुढीगंगा १० को मतदान केन्द्रमा पनि प्रहरीले मतदाता माथि नै बल प्रयोग गरेर त्रसाउने काम गरेको स्थानीय पारस रावलले बताएका छन्।

यसअघिको मतदानका क्रममा १० वटा वडा मध्ये २, ३, ५ र ९ मा एमाले र ४ र ७ मा काँग्रेसले बुथ कब्जा गरेको आरोप छ। बेलैमा चुनाव हुन नपाउँदा बुढीगंगाले बजेट ल्याउन सकेको छैन्। 

प्रकाशित: २३ असार २०७९ ०७:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App