२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

धनगढीमा हत्या गरेर फालिएको अवस्थामा युवकको शव फेला

सुदूरपश्चिमको अस्थाई राजधानी रहेको धनगढीमा हत्या गरेर फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ। धनगढी नगरपालिका वडा नं ५ शिवनगर र जाई जोड्ने सडक नजिक अन्दाजी ३५ वर्षीय युवककाे हत्या गरेर फालिएको अवस्थामा फेला परेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बेद प्रकाश जोशीले बताएका छन्।

शवको गालापट्टीको भाग र कंचटमा चोट लागेको देखिएको छ। शव नजिकै रगत लागेको काठको टुक्रा पनि भेटिएको उनले बताए। बाटो हिँड्ने एक युवतीले सोमबार बिहान पाैने दश बजेतिर युवकको शव देखेपछि प्रहरीलाई खवर गरेकी थिइन्। प्रहरीले तालिम प्राप्त कुकुर लगेर घटनास्थलको जाँच गरिरहेको छ।

घटनास्थलकाे अवस्था हेर्दा अन्यत्र हत्या गरेर त्यहाँ शव फालेको हुन सक्ने जोशीले बताए। ‘घटनास्थलमा रगत पनि छैन, तालिम प्राप्त कुकुरले पनि केही परसम्म गए पनि स्पष्ट दिशा दिन सकिरहेको छैन’, उनले भने, ‘कतै हत्या गरेर ल्याएर यहाँ फालेको पनि हुन सक्छ।’

शव फेला परेको युवकको अहिलेसम्म पहिचान खुल्न सकेको छैन। शवको प्रकृति हेर्दा बिहान युवकको हत्या भएको हुन सक्ने उनले बताए।

प्रकाशित: २३ फाल्गुन २०७८ ०६:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App