२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

नेपालगन्जमा पुर्नस्थापना गरियो स्वर्गिय राजा त्रिभुवनको शालिक

नेपालगन्जको त्रिभुनव चोकमा पुर्नस्थापना गरिएको स्वर्गिय राजा त्रिभुवनको शालिक।

नेपालगन्जको त्रिभुवन चोकमा स्वर्गीय राजा त्रिभुवनको शालिक पुर्नस्थापना गरिएको छ। बाँके स्वतन्त्रवासी समुहको अगुवाईमा त्रिभुवनको अर्धकदको शालिक पुर्नस्थाना गरिएको हो। २०६२/६३ को आन्दोलनका उक्त स्थानमा शालिक तोडफोड गरिएको थियो।  

प्रजातन्त्र दिवसको अवसर पारेर राजावादी तथा राप्रपा निकट व्यक्तीहरुको ठूलो उपस्थितीमा शालिक पुर्नस्थापना गरिएको हो। सो क्रममा सहभागिहरुले ‘राजा आउ देश बचाउ’, ‘इतिहास मेट्न पाइँदैन’, हिन्दु राष्ट्र कायम गर जस्ता नारा समेत लगाएका थिए।

शालिक पुनःस्थापना गर्ने क्रममा राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले जनताको माग र इतिहास जोगाउन राजा त्रिभुवनको शालिक पुर्नस्थापना गरिएको बताए। त्रिभुवन चोकमा राखिएको राजा त्रिभुवनको शालिक हटाइए त्यसका विरुद्ध कडा प्रतिकार गर्ने चेतावनी पनि दिए।

राप्रपाका नेता एवम नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष मोहम्मद सफिक बेहनाले लामो संघर्ष पश्चात राजा त्रिभुवनको शालिक पुर्नस्थापना गर्न पाउँदा धेरै खुसी भएको बताए। कुनै पनि बहानामा राजा त्रिभुवनको शालिक हटाउन नदिने र यसका लागि प्रतिकार गर्ने चेतावनी दिए।

शालिक पुनःस्थापना गर्ने क्रममा सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित भएका थिए। करिव पाँच वर्षअघि पनि नेपालगन्जको वीरेन्द्र चोकमा स्वर्गिय राजा वीरेन्द्रको शालिक पुर्नस्थापना गरिएको थियो। तर, अन्य राजनीतिक दलको विरोधका कारण स्थानीय प्रशासनले शालिक निकालेर प्रशासन कार्यालयमा राखेको थियो। उक्त शालिक अहिले पनि स्थानीय प्रशासनकै नियन्त्रणमा छ।

प्रकाशित: ७ फाल्गुन २०७८ ११:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App