८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

उदयपुर दुर्घटना: मृतक र घाईतेको पहिचान खुल्याे

उदयपुरमा बिहीबार विहान भएको ट्याक्टर दुर्घटनामा परी मृत्यु हुने र घाईतेहरुको पहिचान खुलेको छ। मदन भण्डारी लोकमार्गको गाईघाट–कटारी खण्डमा पर्ने उदयपुरगढी गाउँपालिका ६ दनुवारवेँसीस्थित पक्की पुल एप्रोचमा विहान ८ः५० बजे भएको दुर्घटनामा परी मृत्यु हुने बौकाई सदा रहेको प्रहरीले जनाएको छ।

४० वर्षीय बौकाई त्रियुगा नगरपालिका ९ गहिरुनका हुन्। उनीसँगै ट्याक्टरमा सवार १९ जना घाईते भएको र जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। दुर्घटनामा परी गम्भीर घाईते भएका सदाको उद्धार गरी सदरमुकाम गाईघाटस्थित जिल्ला अस्पतटालमा उपचार गर्दागर्दै १०ः५० बजे निधन भएको हो।

ताप्ली गाउँपालिका भवनको ढलानका लागि गाईघाटदेखि कामदार जनशक्ति लिएर ताप्लीको रुपाटारतर्फ जाँदै गरेकोे प्रदेश नं. २–०१–०० १ त १०८३ नं. को ट्याक्टर घुम्ती मोडमा आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। अवस्था गम्भीर रहेको ३ घाईतेको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको र थप उपचारका लागि रिफर गर्ने तयारी भईरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. जीवनारायण मण्डलले बताए।

गम्भीर घाईते हुनेमा चालक त्रियुगा नगरपालिका १० करमगाछीका ३० वर्षीय दिवस सार्की, त्रियुगा ९ की मृतककै श्रीमति ४० वर्षीया नारायणवति सदा र सोही ठाउँकी १६ वर्षीया सुकुन सदा रहेका छन्। चालक सार्की र सदाको शरिरका बिभिन्न भागमा घाउचोट लागेको छ भने किशोरी सुकुनको पनि खुट्टा र शरिरमा चोट लागेको छ।

दुर्घटना भएको खवर पाएलगत्तै खटेको अस्थायी प्रहरी पोष्ट नेपालटारको टोलीले घाईतेहरुको उद्धार गरी सदरमुकाम पठाएको र जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धानका लागि निरीक्षक नेतृत्वको टोली घट्नास्थल पुगेको बताइएको छ। ट्याक्टर घट्नास्थलमै रहेको प्रहरी भनाई छ।

प्रकाशित: २ मंसिर २०७८ ०६:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App