२५ असार २०८१ मंगलबार
image/svg+xml
समाज

टिपर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा एकजनाको एकजनाको मृत्यु भएको छ।  

बुधबार राती भक्तपुरको सानोथिमिमा मोटरसाइकल र टिपर एकआपसमा ठोक्किँदा मोटर साइकलको पछाडि सवार पदमराज पाठकको मृत्यु भएको हो। पुरानो थिमि बस्दै आएका ४२ वर्षीय पाठक कैलाली चटकपुरका भएको प्रहरीले जनाएको छ।  

पेप्सीकोलाबाट सानोठिमीतर्फ आउँदै गरेको रा २ प ४४३७ नं को मोटरसाइकल र मगरगाँउबाट पेप्सीकोला जाँदै गरेको बा ३ ख ४४६५ नं को टिपर सानोथिमिस्थित प्रहरी प्रभागअघि एकआपसमा ठोक्किँदा मोटरसाइकल पछाडि रहेका पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनामा मोटरसाइकल चालक दाङ लालमठिया ५ बस्ने २४ वर्षका उमेश चौधरी गम्भीर घाइते छन्। घाइते चौधरीलाई काठमाडौंको न्युरो अस्पताल रिफर गरिएको र उनको अवस्था गम्भीर रहेको महानगरीय प्रहरी परिसरका सूचना अधिकृत दीपक गिरीले बताए।

प्रहरीले घटनामा संलग्न टिपरचालक सिन्धुपाल्चोक सुनकोशी गाउपालिका वडा नं ३ घर भई हाल भक्तपुर सानोठिमी बस्ने वर्ष ३१ का राजन नेपालीलाई नियन्त्रण लिएको छ।

प्रकाशित: ९ वैशाख २०७८ ०९:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App